News Portal

गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध यौन हिंसाको मुद्दा

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौँ। दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको अभियोगमा मुगुको सोरु गाउँपालिकाको शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी २३ वर्षीया तुलसाकुमारी विकले मल्लविरुद्ध जिल्ला अदालत मुगुमा यौन हिंसाको मुद्दा दिएकी हुन्।

शिक्षा शाखा प्रमुख मल्लले आफूलाई पटक–पटक यौन हिंसा गरेको अभियोग तुलसाले लगाएकी छन्। कहिले भेटेर त कहिले फोनमार्फत मल्लले यौन हिंसा गरेको दाबी पीडितले गरेकी छन्।

सामाजिक सञ्जालमा भाइरल भिडिओमा तुलसाले आफूलाई एक बर्थडे पार्टीमा मल्लले चिसो पेय पदार्थमा झुक्याई रक्सी मिलाएर खुवाई सार्वजनिक रूपमा बदनाम गरेको बताएकी छन्।

तुलसाले यही पुस ११ गते मल्लविरुद्ध जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी हुन्। यस विषयमा प्रतिवादी मल्ललाई म्याद पठाउने तयारी भइरहेको मुगु अदालत स्रोतले जानकारी दिएको छ।

यस्तै उनलाई जातीय विभेद गरेको आरोपमा खनैयाँ स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र किराना पसल सञ्चालन गर्ने धनप्रसाद भट्ट हाल हिरासतमा छन्।

उनीहरूका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...