News Portal

किन सर्बत्र विरोध भयो संस्कृति मन्त्री सुदन किराँतीले बोलेको भिडियो क्लिप

हिमालीसंचार संवाददाता
४०३ पटक

काठमाण्डौ। इसाई धर्म मान्नेहरूको कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको इसाई इतर पक्षले बिरोध गरिरहेका छन्। इसाईहरूले भने मन्त्री किराँतीले सहि बोलेको भन्दै किराँतीलाई साहसी नेताको संज्ञा दिइरहेका छन्। किराँतीले बोलेको भनेको भिडियोमा ‘क्रिश्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो’ भन्ने कुराको मात्रै बिरोध भइरहेको छ।

तर, उक्त भिडियोमा मन्त्री किराँतीले त्योभन्दा गम्भीर कुरा गरेको सुनिन्छ। मन्त्री किराँतीले यस्तो भनेका छन्, ‘तपाईले याद गर्नुभएको छ, राजाले बनाएको बिल्डिङमा हुनुहुन्छ तपाईं। एउटा जाती एउटै भेष, एउटै राजा एउटै देश! क्रिश्चियनलाई भेट्यो भने खैनी माडे झै माडिदिन्थ्यो’ (हातमा खैनी माडेको अभिनय गर्दै) ‘उनीहरूको मनोरञ्जन गर्ने ठाउँमा आज हामी सशक्त आवाज, क्रिश्चियनको दर्शन, व्याख्या गर्ने वकालत गर्ने मञ्चमा त आइपुग्यो त।

हिजो कसैले क्रिश्चियनको ‘क’ मात्रै प्रयोग गर्दाखेरी उसको हालत के हुन्थ्यो हामीलाई थाहा छ त। विजय त क्रमशः हुँदै छ।’ थप उत्साहित हुँदै किराँतीले भनेका छन्, ‘हामी चाहन्छौँ भ्यागुताले छिचिमिरा खाए जस्तै विजय भएको भए ख्वाप्पै खाइहालिन्थ्यो। सर्पले भ्यागुता खाएजस्तै विजय हुँदै छ, विस्तारै निल्दै छ।’

उनले हिन्दुधर्मलाई इसाई धर्मले सर्पले भ्यागुतो निलेजस्तै निल्दैछ भन्ने अर्थ लाग्ने गरी भ्यागुतो र सर्पको उदाहरण दिन खोजेका छन्। किराँतीले अगाडि भनेका छन्, ‘तर, तपाई हामी जस्तो अग्रगामीहरू कमजोर भयौँ भने हामीलाई खान्छ उल्टै फेरि। तपाईं हाम्रो यहाँ पाइला त के गन्ध पनि यहाँ मन पराउँदैनन्। त्यस कारण हामी एक जुट हुनुपर्ने जरुरी चाहिँ छ।’

उत्साहित हुँदै लेखेको नोटमा हेर्दै किराँतीले अगाडि भनेका छन् ‘जो अग्रगामी हुन्। जो प्रगतिशील हुन्। जो संविधानको पक्षपाती हुन्, हामी एकजुट चाहिँ हुनैपर्छ। हाम्रो एकता जब कमजोर हुँदै जान्छ यो विदा त के नेपालमै नबस्ने स्थिति आउन सक्छ।’ क्रिसमसको बिदाको विषयमा बोल्दै किराँती अगाडि थप्छन्, ‘तर, बिदाको सन्दर्भमा “नहुनु मामा भन्दा त कानो मामा जाति’ अलिकति त गरो, हामीलाई त पूरै चाहिन्छ। नेपालमा बिदा धेरै भयो, देश पनि विकास त गर्नुपर्यो। आधा त बिदै छ। कि त अरुको बिदा पनि काट्नु पर्छ कि यस (क्रिसमस) को पनि पूरै बिदा दिनुपर्छ।’

क्रिसमसको बिदा बढाउने प्रसङ्गमा किराँतीले भनेको सुनिएको छ, ‘संस्कृती मन्त्रीको हैसियतले जिससलाई साक्षी राखेर, मैले बालेको बत्तीलाई साक्षी राखेर, तपाईहरूलाई साक्षी राखेर म प्रधानमन्त्रीलाई आजै भन्छु र म पनि मेरो तर्फबाट कुरा उठाइरहन्छु। देशको संस्कृति मन्त्री जस्तो पदीय जिम्मेवारीमा रहेका किराँतीले मुलुकका अन्य धर्मलाई इङ्गित गर्दै इसाई धर्मको पक्षपोषण हुने गरी अभिव्यक्ति दिएका छन्।

हिन्दु, बौद्ध र किराँत धर्मको बाहुल्यता रहेको मुलुकमा यी धर्मले इसाई माथि हिजोका दिनमा थिचोमिचो गरेको भन्ने अभिव्यक्ति किराँतीले दिएका छन्। तर, चर्चा भने ‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो’ भन्ने कुराको मात्रै भएको छ।

माओवादी केन्द्रका नेतासमेत रहेका संस्कृति मन्त्री सुदन किराँतीको अभिव्यक्ति धार्मिक द्वन्द बढाउने खालको रहेको स्पष्ट हुन्छ। उनले इसाई रिलिजनको समर्थन एकलौटी पाइरहने आशामा यो कुरा बोलेको हुन सक्छन्। तर, भाषणमा उनी स्वयं इसाईले झै भाषण गरिरहेको देखिन्छन्। धर्मनिरपेक्ष राज्यको चरीत्र हो भने उनले कुनै धार्मिक सभामा उपस्थित हुने, संस्कृति मन्त्री हुने र पशुपति विकास कोष र लुम्बिनी विकास कोषको अध्यक्ष हुने हैसियत पनि नराख्नुपर्ने हो।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...