News Portal

कुवेतबाट फर्किएकी महिलाले आफूलाई कुवेत पठाउने मेनपावर व्यवसायीमाथि गरिन् हातपात

हिमालीसंचार संवाददाता
६८४ पटक

काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन्।

ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनि वैदेशिक रोजगार विभागमा कम्पनीका संचालक निर्मलराय बोलाइएको थियो।

विभागको कार्यकक्षमा उपस्थित भइ उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौं भनि विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक निर्मलराय अमातलाई हातपात, कुटपिट र गालीगलौज गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।

‘वैदेशिक रोजगार विभागमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समन्वयमा वैदेशिक रोजगारीबाट फर्कीएका कामदारहरुको समस्या समाधानका लागि उजुरीकर्ता र कम्पनीका संचालक बीच वैदेशिक रोजगार विभागमा छलफल हुँदै गर्दा असम्बन्धित, अनाधिकृत व्यक्तिहरु प्रवेश गरि संचालकलाई गालीगलौज, कुटपिट र हातपात हुनु र वैदेशिक रोजगार विभागले यस्तो गैरकानुनी कार्य गर्नेहरुलाई कुनै पनि कारवाही नगर्नु गम्भिर र आपत्तिजनक रहेको छ । यस्तो गैरकानूनी कार्य गर्नेहरुलाई कडाभन्दा कडा कानूनी कारवाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’, नेपाल वैदेशिक रोजगार व्यवसयी संघले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...