News Portal

चितवनमा सिम्ता आग्रीगाउँका बेग खत्रीको सडक दुर्घटनामा मृत्यु

हिमालीसंचार संवाददाता
१५२० पटक

चितवन। चितवनको माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते भएका एक जना शिक्षकको दुखद् मृत्यु भएको स्वदेशन्युजले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अन्दाजी ३५ बर्ष उमेरका, सुर्खेत सिम्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो। दुर्घटना लगत्तै बसन्तपुरस्थित बघौंडा अस्पतालमा ल्याइएका खत्रीको उपचारका क्रममा निधन भएको अस्पताल श्रोतले जनाएको छ।

घाइते लेखापाल सुर्य अधिकारीलाई थप उपचारको लागि भरतपुर लैजान लागिएको छ भने, घाइते शिक्षक भुवानी पौडेलको बघाैंडा अस्पतालमा उपचार भइरहेको छ।

शनिवार साँझ करीब ६ बजे चितई पुलमाथि लु. २ च. २५०८ नम्बरको बोलेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...