News Portal

  • सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

    गौरव पोखरेल
    २६३ पटक

    काठमाडौं। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ।

    विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन्।

    उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ।

    कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो।

    भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो। त्यतिन्जेलसम्म यसमा महराको नाम मुछिएको थिएन।

    तर, अदालतमा दायर अभियोग पत्रमा पूर्वसभामुख महरा र उनका पुत्र राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो। यसअघि छानबिनका लागि पर्याप्त आधार नभएको भन्दै सीआईबीले महरा बाबु–छोरालाई छानबिनको दायरामा ल्याएको थिएन।

    दोस्रो पटक भएको अनुसन्धानपछि महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको खुलेको थियो। २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    राहुल र तस्करी समूहमा संलग्न चिनियाँ नागरिकहरुको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड), भन्सार कर्मचारीहरुको बयान लगायतलाई आधार मान्दै अदालतले राहुललाई तत्काल निर्दोष भन्न नमिल्ने देखिएको भन्दै थुनामा पठाउने आदेश गरेको थियो।

    उच्चस्तरीय समिति स्रोतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद ६० किलो सुन प्रकरणका नेपाली आरोपीहरुको बयान समेत यसअघि भइसकेको छ। चिनियाँ नागरिकहरुको भने बयान बाँकी छ।

    सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो। समितिले ६० किलो सुन प्रकरण, भेपमार्फत भएको तस्करीसहित अरु सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको समितिका एक सदस्यले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...