News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दुर्गा प्रसाईले उठाएका बिषयहरु महत्वपूर्ण छन् – कमला थापा

    कमला थापा
    ४४२ पटक

    दुर्गा प्रसाईले गणतन्त्र र लोकतन्त्रका राज्य संचालकहरुबाट भएका गल्ती, कमिकमजोरी मात्र नभई राज्य दोहनकारी र गणतन्त्रमा मौलाएका भ्रष्ट नेता पार्टीहरुले पालेर, सम्रक्षण गरेर हुर्काएका भ्रष्ट, माफिया बिचौलिया, तस्कर, बैंकर्स, कालाबजारी, भू-माफियाहरु केही उद्दोगपतीहरुबाट देश, जनता र भूईमान्छेहरु कसरी ठगिएका रहेछन् भन्ने सबै लिष्ट सहित १६ जना मारवाडी ब्यापारी र ३० भन्दा बढी नेताहरुको नाम लिष्ट यो एक बर्षको अबधिमा जनताको सामु छर्लङ्ग बनाएर ऐना देखाई दिए। यसबाट सम्पूर्ण जनताहरु प्रष्ट भएका छन्। यो सुन्दर शान्त देश कसरी बर्वाद भएको रहेछ ? भन्ने कुरा बुझ्न अब गारो नहोला।

    ०८० मंसिर ७ गते जनताको महांसागर उतारेर भक्तपूर, ललितपुरका नेवा खलहरुले आयोजना गरेको विशाल कार्यक्रमलाई सम्बोधन गर्दै हिजो मंसिर १७ गते बृहद पत्रकार सम्मेलनमा बांकी अझै ठूलो भ्रष्टाचारको खुलासा गरे। जस्तो:- एनसेलले बैंकबाट रु-५७ अर्ब लिएको तर अहिले रु-६०० सय अरबमा बेचेर अहिले सम्म अरबौंको राजस्व समेत नतिरी भागेको र यसका लागि टेलिकम माफियाहरुले एनसेललाई सघाएको। त्यस्तै अर्का सुलभ (अग्रवाल) ओल्ड लिंकले ६ सय ३१ अर्ब खाएको, त्यस्तै लघुबित्त सन्चालन एउटै ब्यक्तिको एकाधिकार हुने गरी संन्चालन गर्न दिएको उसले बर्षमा १४० करोड ठगिरहेको यस्ता हजारौं घटनाहरु जो सत्ते तथ्यमा आधारित प्रमाण सहितको खुलासा गरे। अब सरकारको के जवाफ दिन्छ ? की यो पनि सबै झुठ हो भन्छ ? यो हो गणतन्त्रको असली रुप। यसरी देशलाई दोहन, लुटदै जनता झुक्याउदै आएका गणतन्त्रका ठेकेदारहरुको असली रुप छर्लङ्ग पारिदिए। चिसोको मौसमलाई ख्याल गर्दै अभियान सतहत्रै जिल्लामा शशक्त रुपमा संन्चालन गर्ने निर्दशन दिदै आफ्नो घाटीको अप्रेशन, उपचार गर्नका लागि सबैको मायां र आशिर्वाद लिदै छिटै फर्किने बिश्वास दिलाउदै आफ्नै हस्पिटल झापा गएका छन्।

    हिजो पत्रकार सम्मेलन गर्दै गर्दा दुर्गाले सबैलाई भाबुक बनाउदै रुवाए “आफु घांटीको ४ घण्टा लामो अप्रेसन गर्नको लागि जांदै गर्दा नफर्किन‌ पनि सक्ने भन्दा पत्रकार सम्मेलनमा उपस्थित सबै भाबुक हुदै रोएको देख्न सकिन्थ्यो। त्यो भाबुक्ता उनीप्रतिको ठूलो आसा, भरोसा थियो। दुर्गा प्रसाई एउटा यस्तो अबस्थामा प्रकट भयका थिय। जतिबेला दुखिपिडित जनता मर्माहत भएको बैंक, लघुबित्त, सहकारी र मिटर ब्याजीहरुबाट लुटिएका, घरवार विहिन गांस, बास, कपासको खोजिमा भौतारिएको, बेसहारा भई सडकमा समेत बास नपाउने अबस्थामा पुगेका बेसहाराहरुको साहारा भएर, आवाजबिहिनहरुको आवाज बनेर साहारा बन्दै शतिसालको रुपमा उभिन आईपुगे। त्यस्तो ब्यक्ती गुमाउनुपर्ला भन्ने डर ती सबै पिडितहरुको मन झस्काउदा कस्ले मन थाम्न सक्छ। त्यसैले दुर्गाजीलाई ती तमाम बेसहाराहरुको पुकार दुर्गा माता, श्री पशुपतिनाथले सुन्नुहुने छ। केही हुदैन एक महिनापछि उहाँ ठिक भएर अभियानमा फर्कनु हुनेछ। अभियानले निर्णायक मोड लिनेछ। त्यतिबेलासम्म अरु ठूला अभियानकर्ताहरु जस्तो केशर बहादुर बिष्टजीहरुको अभियान पनि अगाडी बढिसक्ने छ। यस अबधिमा दुर्गा प्रसाईले सरकार पार्टिहरुलाई सोच्ने, होमवोर्क गर्ने समय दिएका छन्। उनले उठाएका तमाम प्रश्नहरुको उत्तर कसरी दिन्छ। सरकारले देशमा उठेका तमाम समस्याहरुको समाधान केवल जनतामाथी दमननै गरेर जानुपर्छ भन्ने सोचमा जान्छकी ? सुधारिदै पृथ्वीनारायण शाहको अथक प्रयासले आर्जेको मूलुक जोगाउनुपर्छ भन्नेमा लाग्छ हेर्न बांकी छ। दमन गरेरै जानुपर्छ भन्ने सोच राख्यो भने त्यो दुर्भाग्य हुनेछ। अब गणतन्त्रबिरुद्धको बिजारोपण भैसकेको छ।

    दुर्गा प्रसाईले सुरु गरेको राष्ट्, राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ अभियानबाट अताल्लिएको सरकार, पार्टीहरु अहिले बर्बराउँदै छन्। गणतन्त्रको बिकल्प गणतन्त्रनै हो भनेर प्रधानमन्त्री प्रचण्ड भन्दै छन्। यस्तो अभिव्यक्ति पंचायतको अन्त्य तिर पंन्चहरुको पनि सुनिएकै हो। ब्यबस्थालाई आधार बनाएर देश दोहन गर्नेहरुले भन्ने यहिनै हो। नौलो कुरा होइन्। यो गणतन्त संघियता, जनतालाई झुक्याएर ल्याईएको हो। ०६२/६३ को आन्दोलनको माग गणतन्त्र संघीयता, धर्म निरपेक्षता राजसंस्था हटाउने कुनै एजेण्डा नै थिएन। मात्र राजाबाट बिघटित गरिएको संसद पुनःस्थापनाको एक सुत्रिय माग थियो। यो कुरा आफुले धेरै अगाडीदेखी लेख्दै आएको हो। आन्दोलन सफल भएपछी त्यसको फाइदा उठाएर बिदेशीहरुको सहायताले जन हत्यामा उत्रिएको माओवादी र माओवादिहरुलाई प्रयोग गरेर आफ्नो योजनाहरु सफल गराउन चाहने केही बिदेशी एजेन्ट र खुफिया एजेन्सीहरुको विशेष योजनामा बिचबिचबाट घुसाएर ल्याईएको हो। यो नेपाल र नेपालीहरुको हितमा थिएन। नेपाली कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाले नबुझेका थिएनन् तर धेरै दवाव र प्रभावमा परेर रोक्न पनि सकेनन्। त्यहि नै अहिले देश र जनताको गलपासो हुन पुग्यो। अब यस्को अन्त जनताले छिटै गर्ने छन्।

    राजाले जनतालाई बुझाएको नासो र तत्कालीन
    ७ पार्टीहरुको बिचमा भएको ५ बुंदे सहमति कार्यान्वयन गर्ने र राजाले बुझाएको नासो जनताले फिर्ता गर्ने समय आएको छ। यो देश, जनता, जोगाउन ०४७ सालको संबिधान संबैधानिक राजसंस्था, शनातन हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्रनै एकमात्र बटम लाईन हो भन्ने कुरा जनताले राम्रोसंग बुझिसकेको हुनाले, जनताको बिरुद्धमा पार्टीहरु जान सक्ने अवस्था छैन। नेपाली कांग्रेसका सभापती शेरबहादुर दाईले अस्ती पूर्वी नवलपरासीको कार्यक्रममा हिन्दु अधिराज्यको बिषयमा सोच्न सकिनेछ भनिसक्नु भयो। अब आफ्ना आदर्श स्व. नेता विपी कोइरालाले देखाएको बाटो राजसंस्थासहितको प्रजातन्त्रमा फर्किने र हिजो भएका कमिकमजोरीलाई जीवनको पूर्वार्धमा सच्याउँदै नेपाली कांग्रेस आफ्नो इतिहांसमा फर्किनुपर्छ यसमा पार्टीभित्र ब्यापक छलफल होस् भन्ने अधिकांस कार्यकर्ताहरुको माग छ। देशको एकमात्र प्रजातान्त्रिक पार्टी भएकोले नेपाली कांग्रेसले राष्ट्रहित र जनहितको पक्षमा अबस्य पनि सोच्ने छ भन्ने लाग्छ। यदी नेपाली कांग्रेस साम्यवादीहरुकै कुरामा लागेर जनताको बिपक्षमा उभिन पुग्यो भने त्यो दुर्भाग्य हुनेछ। पछी कतै पस्चाताप गर्ने मौका पनि नमिलोस। नेपाली कांग्रेसले बेलैमा सोच्ने छ भन्ने बिश्वास कार्यकर्ताहरु अझै पनि राख्छन्, ढिलो नहोस् यही शुभकामना। पशुपतिनाथले सबैको रक्षा गरुन।

    जय नेपाल।

    (लेखिका थापा नेपाली कांग्रेसको पूर्वसांसद समेत हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...

    एनआरएनए विवाद: घलेलाई केसी पक्षको असहयोग

    काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष...