News Portal

एमालेको अभियानलाई सरकारी विद्यालयको ‘स्वागत गेट’

गोविन्द केसी
३२३ पटक

दैलेख। नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रामा सहभागी हुन दैलेख आएका पार्टीका नेता/कार्यकर्ताहरुलाई सरकारी विद्यालयले नै स्वागत गेट बनाएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै आइतबार दैलेख आएका एमालेका नेताहरुलाई स्वागतका लागि नारायण नगरपालिका –६ स्थित रेडक्रस माध्यमिक विद्यालयले गेट बनाएको हो।

एमालेको संकल्प अभियानमा सरकारी विद्यालयले स्वागत गेट बनाएपछि विरोध समेत भएको छ। विद्यालयलाई पार्टीको भातृ संगठनजस्तो बनाएर गेट निर्माण गरेको भन्दै अभिभावकहरुले गुनासो समेत गरेका छन्।

नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष जितेका जनक न्यौपाने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको उक्त विद्यालयले ठुलो गेट निर्माण गरेको हो। विद्यालयजस्तो शान्ति क्षेत्र मानिने संस्थाले पार्टीको संस्थाजस्तो देखिने गरी गेट बनाएपछि जिल्लामा सर्वत्र आलोचना समेत भएको छ।

विद्यालय जस्तै नारायण नगरपालिकाका नगर प्रमुख लोमन काफ्लेले पनि नगरका कर्मचारीहरुलाई ब्यानर, झण्डा टाँस्न पठाएको र पार्टीको काममा आइतबार दिनभर खटाएको स्थानीयहरु बताउँछन्।

नगरले सरसफाइ कर्मचारीदेखि दमकलसमेत दिनभर प्रयोग गरेको पाइएको छ। त्यसरी कुनै अमूक राजनीतिक दलको स्वागतमा विद्यालयले स्वागत गेट बनाउन कानुनी रुपमा नमिल्ने नगर शिक्षा शाखा प्रमुख पुर्णप्रसाद उपाध्यायले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...