News Portal

एमालेको अभियानलाई सरकारी विद्यालयको ‘स्वागत गेट’

गोविन्द केसी
२७१ पटक

दैलेख। नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रामा सहभागी हुन दैलेख आएका पार्टीका नेता/कार्यकर्ताहरुलाई सरकारी विद्यालयले नै स्वागत गेट बनाएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै आइतबार दैलेख आएका एमालेका नेताहरुलाई स्वागतका लागि नारायण नगरपालिका –६ स्थित रेडक्रस माध्यमिक विद्यालयले गेट बनाएको हो।

एमालेको संकल्प अभियानमा सरकारी विद्यालयले स्वागत गेट बनाएपछि विरोध समेत भएको छ। विद्यालयलाई पार्टीको भातृ संगठनजस्तो बनाएर गेट निर्माण गरेको भन्दै अभिभावकहरुले गुनासो समेत गरेका छन्।

नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष जितेका जनक न्यौपाने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको उक्त विद्यालयले ठुलो गेट निर्माण गरेको हो। विद्यालयजस्तो शान्ति क्षेत्र मानिने संस्थाले पार्टीको संस्थाजस्तो देखिने गरी गेट बनाएपछि जिल्लामा सर्वत्र आलोचना समेत भएको छ।

विद्यालय जस्तै नारायण नगरपालिकाका नगर प्रमुख लोमन काफ्लेले पनि नगरका कर्मचारीहरुलाई ब्यानर, झण्डा टाँस्न पठाएको र पार्टीको काममा आइतबार दिनभर खटाएको स्थानीयहरु बताउँछन्।

नगरले सरसफाइ कर्मचारीदेखि दमकलसमेत दिनभर प्रयोग गरेको पाइएको छ। त्यसरी कुनै अमूक राजनीतिक दलको स्वागतमा विद्यालयले स्वागत गेट बनाउन कानुनी रुपमा नमिल्ने नगर शिक्षा शाखा प्रमुख पुर्णप्रसाद उपाध्यायले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...