News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सांसद विनोद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम

    हिमालीसंचार संवाददाता
    २११ पटक

    नवलपरासी। नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ। चिनी मिलहरुले समयमै भुक्तानी नगरिदिँदा पछिल्लो समय उखु किसानहरू वैकल्पिक कृषि पेसातर्फ जान थालेका छन्।

    सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ। सधैँको यो समस्याबाट यसपटक पश्चिम नवलपरासीका किसानहरू मुक्त भएका छन्। सरकारले दिने अनुदान बापतको रकम यसपटक किसानले समयमै पाएका छन्।

    नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन्। उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका छन्।

    नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद विनोद चौधरीको पहलका कारण किसानले अनुदान बापतको रकम पाएको बताए।

    उनले भने, ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौँ। उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो। अनुदान रकम भुक्तानी गर्न कृषि मन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो।’

    कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ।

    ‘दसैँ अगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाँको अख्तियारी आएको हो। त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेन्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौँ,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने।

    उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको हो। कृषि मन्त्रालयले आर्थिक वर्ष ०७९/८० का लागि अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ तोकेको छ।

    सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो। चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उल्लेख गरे।

    ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ। उनीहरूको बैकिङ खातामा रकम निकासा गरेका छौँ,’उनले भने। उखुबापतको अनुदान रकम पाएपछि किसान खुसी छन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...