News Portal

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

हिमालीसंचार संवाददाता
६८२ पटक

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन्।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ घर भई हाल जिल्ला काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार कुलमान कुमालसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै उनले प्रतिव्यक्ति ९ लाख माग गरेकी थिइन्।

उक्त रकम दिएमा माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर उनले रकम लिएर फरार भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘पीडितहरुबाट पटकपटक गरी जम्मा ६ लाख ८ हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भइ ठगी गरेको र आज बिहान पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनलाई बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...