News Portal

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

हिमालीसंचार संवाददाता
६२९ पटक

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन्।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ घर भई हाल जिल्ला काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार कुलमान कुमालसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै उनले प्रतिव्यक्ति ९ लाख माग गरेकी थिइन्।

उक्त रकम दिएमा माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर उनले रकम लिएर फरार भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘पीडितहरुबाट पटकपटक गरी जम्मा ६ लाख ८ हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भइ ठगी गरेको र आज बिहान पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनलाई बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...