News Portal

टिकटकपछि स्न्यापच्याट, टेलिग्राम र लाइकीमाथि प्रतिबन्ध लगाईंदै

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं। लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ । टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध लगाउने आशयका साथ निगरानी बढाइएको समाचार बीबीसी नेपाली सेवाले लेखेको छ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले त्यस्ता एपलाई सोसल मिडिया नभई एन्टी सोसल मिडिया भएको बताएका छन् ।

“तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउने बाहेक केही पनि गरेका छैनन्,” उनले भनेका छन्, “हामी यसको प्राविधिक पक्षक र समाजमा पारेका सकारात्मक र नकारात्मक प्रभावहरू बारे अध्ययन गरिरहेका छौं ।”

रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा टोली बनाएर त्यस्ता एपहरूको निगरानी गरिरहेको छ । गत २७ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय विरुद्ध दायर १४ ओटा रिटमाथिको सुनुवाइ विचाराधीन अवस्थामा रहेको छ । बिगो लाइभ र लाइकी सिङ्गापुर स्थित बिगो टेक्नोलोजिजका एपहरू हुन्, जसलाई चिनियाँ कम्पनीहरूले नै सञ्चालन गर्दै आएका छन् ।

टेलिग्राम भने रुसी मेसेजिङ एप हो । यसैगरी डेटिङ एप टिन्डर र मेसेजिङ एप स्न्यापच्याट भने अमेरिकी कम्पनीका उत्पादन हुन् ।

प्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनबाट यस्ता अधिकांश एपहरू यौन सम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदान गर्नका लागि प्रयोग हुने गरेको र धेरै नेपाली नागरिकमाथि नकारात्मक असर पारिरहेको पाइएको उल्लेख छ ।

सबै पक्षको अध्ययन गरी टोलीले प्रतिवेदन बुझाउने र सोही आधारमा प्रतिबन्ध लगाउने गरी सिफारिस गरिने बताइएको छ । यसका साथै पब्जी र फ्रि फायरलाई समेत सरकारले निगरानीमा राखेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...