News Portal

असक्षम नेतृत्व

कमला थापा
४७३ पटक

काठमाण्डौ। जनप्रतिनिधिको थलो संसद अब दातृ संस्थाहरुको अनुदानबाट चलाईने कुरा आएको छ। बिनियोजन बिधेक पारित हुन नसक्दा अनुदानबाट चलाउनु परेको संसद सचिवालयको भनाई सुनिन्छ। यसरी अनुदानबाट चल्ने संसदले बनाएको नितिनियम जनताको हितमा हुन्छ भनेर कसरी भन्ने ? अहिलेसम्म बनेका जति थिए। त्यो कम थिएन अब बन्ने त झनै खुलेआम बिदेशीहरुको ईसारामा र हितमा मात्र नबन्ला भन्न सकिन्न। यती नाग्गो रुपमा संसद चलाईनु यो भन्दा लज्जास्पद कुरा अर्को के हुन सक्छ ? गणतन्त्रको दुहाई दिएर जनता झुक्याउदै आएका नेताहरुको चरित्र अब जनताले बुझिसकेका छन्। यसको अन्तिम घडी आईसकेको छ।

गणतन्त्रमा जनताले बोल्न पाएका छन् भन्नेहरु आज भोका, नाङ्गा, पिडित जनताको शान्तिपूर्ण महां-अभियान दबाउन सरकार न्वारणदेखिको बल प्रयोग गर्दैछ। जनता आफ्नो कामले पैदल, बाईकमा हिडन नपाउने, राष्ट्रिय पोसाक दौरा सलवार, ढाका टोपी लगाउने ब्यक्तिहरुलाई धरपकड गर्दै लछारपछार पारेर पक्रिदै लगिएको छ। सबैलाई आश्रय, बास दिन सक्ने काठमाण्डौं आज केही पार्टिका अराजक तत्वहरुले रातमा सुतिरहेका महिला, आमा, दिदिबहिनीहरुलाई लछारपछार पार्दै रातमा लखेटेका छन्। यस्तो बरबर्तापूर्ण अत्याचारको जति भर्सना गरेपनि कम हुन्छ। सरकार र प्रतिपक्षको यस्तो कुकृती उपर कुनै पार्टी बोलेको सुनिएन। ३२ सिटको पार्टीलाई सरकार निर्माण गर्न सघाएको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसलेसमेत एक शब्द बोलेको सुनिएन। राज्य शक्तिको दुरुपयोग गर्दै शान्ति पूर्ण अभिनयमा जुटेका जनता माथीको ज्यादती सैह्य हुन सक्दैन। संबिधानले दिएको अधिकार प्रयोग गर्न पाउने सार्बभौम सम्पन्न जनतामा निहित छ।

भूई मान्छेहरुको आवाज बनेर पिडित जनताको उदारका लागि राष्ट्र, राष्टि्यता, धर्म, संस्कृति नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईले मंसिर ७ गते सुरु गरेको महां-अभियानको समुदघाटन कार्यक्रममा उपस्थीत जनसागरबाट अत्तालिएको सरकार सोही दिनबाट दमनमा उत्रियो। अश्रुग्यास, पानीका फोहोरा, लाठी चार्ज गर्दै जनता मार्न उत्रिएको सरकार जनताको आवाज दवाउन जुलुसमाथि बर्बरता अपनाउदै प्रत्येक दिन जनता मार्न अग्रसर भएको छ। के गणतन्त्रमा जनताले बोल्न पाएका छन् भनेको यही हो ? यो त सुरुवात हो महां-अभियानले मूर्त रुपलिन बांकी नै छ।

अर्को कुरा भैसीले हान्न आउंछ गाईलाई कुटे जस्तो नेपाली कांग्रेसका मैं हूं भन्ने एक यूवा पदाधिकारी राजालाई जथाभावी गाली गर्दै छन्। के राजा कसैको निमन्त्रणालाई स्वीकार गर्दै उपस्थित हुन नपाउने ? प्रजातान्त्रिक पार्टीको चरित्र त्यो हो ? अहिलेको पार्टी नेतृत्वले अनुशासन कायम गर्न नसकेका कारण उत्पन्न हुनसक्ने अनिष्टको सिकार भोली पार्टी नहोला भन्न सकिन्न ! हिजो पूर्वराष्ट्रपति बिध्यादेबी भण्डारीको छोरीको विवाहमा पनि निमन्त्रणालाई स्वीकार गर्दै राजा उपस्थित भएका थिए। त्यतिबेला पूर्वराष्ट्रपतिमाथि किन प्रश्न उठाईएन ? तत्कालीन सरकार एमालेकै थियो। कतै कम्निस्टहरुको जुठो खाएकोले नेपाली कांग्रेसको मति पनि त्यस्तै हुन लागेको त होइन ? होईन भने सरकारको गलत कामलाई कांग्रेस किन रोक्दैन ? १७ हजार जनता सिध्याएको पार्टीलाई बांकी रहेका जनता मार्न गारो छैन। यूवा बिदेश पठाउने नागरिक बेच्ने देशको माटो नचिनेका, देश नपढेकाहरुको उपस्थितले गणतन्त्र यति दुर्गन्धित, प्रदुषित भैसकेको छ। कतै त्यस्तो संगतले कांग्रेस बिटुलो नहोस भन्ने हाम्रो मान्यता हो।

भ्रष्टाचार, माफियातन्त्र, तस्करहरुलाई जोगाउदै बिदेशीको हण्डि खाएकाहरुलाई यो ब्यबस्था फापेको होला तर निमुखा, निहत्था, निरिह, अन्यायमा परेका, भूईमान्छेहरुका लागि यो ब्यबस्था र अहिलेको अबस्थाले थिलथिलो बनाईसकेको छ। २१ औं सताब्दीमा गांस, बास र कपास न्याय खोज्नु भनेको लज्जास्पद कुरा हो। यस्ले गणतन्त्रका ठेकेदारहरुको चरित्र उदाङ्गीएको छ। अधिनायकवादी सरकारलाई साथ दिएको पार्टी नेपाली कांग्रेसले एक पटक गम्भीर भएर सोच्न जरुरी छ। जनतामाथि सरकारको यो असंबैधानिक कदम घोर भर्सना योग्य छ। कांग्रेसले यस्तो अमानविय दमन कसरी हेर्न सक्छ ? यो प्रजातान्त्रिक चरित्र भएको पार्टीलाई सुहाउने कुरा होईन। अब जनताले यसबाट मुक्ति पाउनै पर्छ। जनताको अखण्ड साहसले भनिरहेको छ, अगाडी बढनुहोस दुर्गाजी हाम्रो साथ तपाईलाई छ। बिशाल जन समुदायहरुको साथ पाएको नागरिक महां-अभियानले अबस्य सफलता हांसिल गर्नेछ। अरु ठुला राष्ट्रिय शक्तिहरु पनि छिटै निस्कदै छन् । पशुपतिनाथले सबैको रक्षा गरुन।
जय नेपाल।

(लेखिका पूर्व सांसद समेत हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...