News Portal

दुर्गा प्रसाईंको भेलामा आएका महिलालाई एमालेले मध्यरातमा लखट्यो, सर्वत्र आलोचना

हिमालीसंचार संवाददाता
३१४ पटक

काठमाडौ। दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्।

सुत्ने तरखरमा रहेका उनीहरुलाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै लेखेटिएको भिडियो सार्वजनिक भएको छ।

भिडियोमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले लखेटेको देखिएको छ। जहाँ एकजना कार्यकर्ताले भनेको सुनिन्छ, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर।’

फेरि प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन?’

महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन्।

महिलाहरु इटहरीबाट उपत्यका आएको पनि भिडियोबाट बुझ्न सकिन्छ। त्यहाँ युवा संघका कार्यकर्ताले ‘देखाइदिन्छौं’ भन्दै आएको भन्दै आफूले देखाइदिने समेत भनिरहेका छन्।

उक्त भिडियो सार्वजनिक भएपछि लोकतन्त्रमा विरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको एमाले सम्बद्ध कार्यकर्ताले हनन गरेको भन्दै आलोचना भइरहेको छ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...