News Portal

  • गणतन्त्रको दिन गन्ती सुरु !

    कमला थापा
    ७४३ पटक

    काठमाडौं। १२ बर्ष जनयूद्धमा रहेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउन नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोईराला जति सफल हुनुभयो। उहाको देहावसानपछि माओबादिलाई ब्यबस्थापन गर्न कांग्रेस असफल हूंदा देश संकटग्रस्त अबस्थामा पुग्यो। अतिबादी कम्निस्टहरुको तानाशाही प्रवृत्तिले देश असुरक्षित बन्दै जनता निरिह हुन पुगे। माओबादिलाई शान्ति प्रकृयामा ल्याएर त्यतिबेला बनेको सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको पनि आज १७ बर्ष पुरा भैसक्यो। तर पिडित जनताले आजसम्म केही पाएनन्। परिवार गुमाएका, सम्पत्ति लुटिएका पिडितहरुको उजुरी अदालतमा खात लागेको छ। जनता दिनहूँ आन्दोलीत छन्, तर सुनुवाइ हुदैन।

    पिडितहरु झनझन पिडित हुदै गए। पिडकहरु दिन दुई गुणा रात चौगुणाले सम्पन्न हुदै गए। पछिल्ला दिनमा माओबादीलाई कहिले एमालेले बोक्ने, कहिले नेपाली कांग्रेसले कांध थापिदिनाले यी दुई पार्टिलाई बिरालाले मुसा खेलाए जस्तो खेलाउदै प्रचण्ड सरकार जनतामाथी फेरी निर्ममता पुर्बक उत्रिने निर्णय गर्दैछ। कांग्रेस, एमाले जनतालाई दबाउन पूर्ण साथ दिने निर्णयमा पुगेको कुरा हिजो मंसिर १ गते तनहुँको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उही जंगली रुप देखाउदै यदि संघियता, समानुपातिकको बिरोधमा जनता उत्रिय गणतन्त्रका मतियार पार्टीहरुले बांकी नराख्ने, प्रतिपक्षले समेत अझै कडारुपमा सरकार उत्रिनुपर्ने भन्दै साथ दिएको र आफुले बोलाएको बालुवाटारको बैठकमा सबै पार्टीका नेताहरूको एकमत भएको भन्दै हौसिएको देखियो।

    आन्दोलनकारीहरुको माग के हो ? सरकार, पार्टिहरुबाट भएको गल्ती सच्याउन पट्टी लागेन बरु सरकार, पुराना आफुलाई ठूला भन्ने पार्टीहरु सबै मिलेर सामाजिक अभियन्ताहरुमाथि निर्ममता पूर्बक उत्रिने खवर आईरहेको छ।

    गोप्य सूचना अनुसार सरकारले यतिसम्मको निर्णय गरिसकेको रहेछ।
    १ – मंसिर ७ गते जनता बिशाल रुपमा उत्रन सक्ने भएपछी भयभीत भएको सरकार मंगसिर ५ गतेबाटै प्रमुख अभियन्ताहरुलाई पक्रिने। निर्णयमा पुगेको।
    २ – ७ गते कर्फ्यु लगाउन सक्ने कारण श्रीलंकाको जस्तो स्थिति आउन सक्ने डरले।
    ३ – नाका, नाका बन्द गरिने र आन्दोलन कारिहरुलाई काठमाण्डौं भित्रिन रोक्ने।
    ४ – सेना, प्रहरी, सुरक्षाकर्मीहरुलाई आन्दोलन दवाउन कडा निर्देशनका साथ परिचालन गरिने तयारी सरकारको छ। कडा निर्देशन जारी गरेको खवर आएको छ।

    “नेपाली कांग्रेसका आदर्शवादी नेता विपी कोईरालाको सिद्वान्त, मूल्य, मान्यता मान्छे मार्ने होईन। यसलाई कोइरालाहरुले कसरी लिनेछन्। त्यसैले यो कोइरालाहरुको पनि अग्नि परिक्षा हो।”

    यदी त्यस्तो भएमा जहां जनतालाई रोकिन्छ, आन्दोलन त्यहींबाट सुरुगर्दै जनता अगाडी बढ्ने छन्। र बढनु पर्छ। राज्य दोहनकारी, अपराधकर्मी सरकार, पार्टीहरुको निर्देशनलाई मानेर कसरी जनता मार्न सुरक्षा निकायहरु उत्रन्छन ? अब सेना, प्रहरी, संन्चार जगत एकजुट भएर जनताको पक्षमा आउन जरुरी छ। भ्रष्टाचार, तस्कर, माफिया पालेर देशै सिध्याउन तयार भयको शक्तिहरुलाई परास्त गर्दै देश जोगाउन यो देशको गौरव पूर्ण इतिहास जोगाउने काम सेना, प्रहरी, सुरक्षा निकायहरु सबैको प्रमुख दाइत्व हो। जनतालाई दमन गर्न सुरक्षा निकाय कसरी लाग्छ ? यो अग्नि परिक्षा सुरक्षा निकायहरु, संन्चार जगत सबैको हो। साथै जनताको पनि यो अग्नि परिक्षा हो। कुरा मात्र गर्नेकी ! अब एकजुट भएर देश बचाउन तयार हुने ? भएन, गरेनन् भनेर मात्र बस्ने होईन अब हामी गर्छौ भनेर जनतानै उत्रिनुको बिकल्प छैन। देश जोगाउन, जनता बचाउन, राष्ट्रद्रोहीहरुलाई निर्मुल पार्न जनशक्ति बाहेक अरु बिकल्प छैन।

    अब हुने जन-आन्दोलन यो महां-अभियान हो। यस्तो अभियानमा भाग लिन पाउनु पुन्यको काम हो। मंसिर ५ गतेबाट अर्को पनि ठूलो निर्णय हुदैछ। सम्पूर्ण साना, ठूला, मझ्यौला पार्टी एक हुदैछन्। सरकार‌ अताल्लीएको छ। त्यसैले प्रधानमन्त्री प्रचण्ड, जे पायो त्यही बोल्दै राजालाई गाली गर्दै छन्। यो नितान्त दुखिपिडित, बैंक, लघुबित्त, सहकारी, मिटर ब्याजीहरुले सताईएका निमुखा, भूंई मान्छेहरुको आन्दोलन हो। यदी यो आन्दोलनमा जनता हताहत भएमा त्यस्को पूर्ण जिम्मेवार नेपाली कांग्रेस ठहर्ने छ।

    कारण हिजो टाउकाको मुल्य तोक्ने र १७ हजार जनता मार्नेको घांटी जोडिएको छ। नेपाली कांग्रेसका आदर्शवादी नेता विपी कोईरालाको सिद्वान्त, मूल्य, मान्यता मान्छे मार्ने होईन। यसलाई कोइरालाहरुले कसरी लिनेछन्। त्यसैले यो कोइरालाहरुको पनि अग्नि परिक्षा हो। नेपाली कांग्रेसका पुराना, निष्ठावान कार्यकर्ताहरुले अपराधी सरकार र पार्टिहरुलाई अबस्य पनि साथ दिनेछैनन्। यो गणतन्त्र होईन लुटतन्त्र हो। जसले देशलाईनै घात गर्दैछन्। राजालाई गाली गर्नेहरूले यो कुरा पनि हेक्का राख्न जरुरी छ। राजा आफै आउन चाहेको भन्दा पनि जनताले राजसंस्था ल्याउन अपरिहार्य ठानेका हुन्। देशको लागि स्थयी संस्थाको आबस्यक्ता खडकिएकोले हो।

    यो संसदिय ब्यबस्था हो की एक तन्त्रिय शासन प्रणाली हो ? यदी संसदिय ब्यबस्था हो भने बहुमतको सरकार हुन्छ कि ? कमजोर अल्पमतको ? ३२ सिटे पार्टीलाई सरकारमा राखेर ठुला पार्टीहरु के जनता तर्साउन, मार्न साथ दिदैछन् ? कम्निस्टहरुको चरित्रलाई त सुहाउला तर आफुलाई अहिंसा गान्धीबादी सिद्वान्तमा बिश्वास गर्ने भन्ने कांग्रेसलाई सुहाउछ ? किन सरकार दमनमा उत्रिने ? जनताले भ्रष्टाचार, माफिया, तस्करहरुलाई कारवाही गर भनेकाले ? नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर बेच्नेहरुलाई सरकारले बचाएर बस्न पाईदैन कारवाही गर भनेकोले ? सरकारले चलाएको लुटतन्त्रलाई जनताले बिरोध गरेकाले ? यस्ता तमाम लाखौं प्रश्नहरु जनतासंग छ। के जनताले उठाउन नपाउने ?

    देश असुरक्षित हुदै जांदा, जनता बेरोजगार भएर आफैले पेट्रोल खनाएर, रुखमा झुण्डिएर मर्नुपर्ने हालतमा कस्ले पुर्याएको हो ? यूवाहरुलाई बिदेशिनु पर्ने, बेचिनुपर्ने हालतमा कस्ले पुर्याएको हो ? यही गणतन्त्रका भ्रष्ट लुटेराहरुले हैन ? नेताहरुले भ्रष्टाचार गरेर माफियाहरु मार्फत राष्ट्रको सम्पत्ति बिदेश पलायन गरिरहदां जनता बोल्न नपाउने ? सरकारले सदन, सडक सबै कब्जा गरेर जनता मार्न उत्रन्छ भने यो लोकतन्त्र होईन। यो लाल कम्निस्टहरुको अधिनायकबादी ब्यबस्था हो। नेपाली कांग्रेसले जनता मार्न सरकारलाई साथ दिन्छ की जनता बचाउन यो नेपाली कांग्रेसको लागि पनि ठूलो अग्नि परिक्षा हो। जनता जागिसकेका छन्, पशुपतिनाथले जनताको रक्षा गरुन।
    जय नेपाल।

    {लेखिका पूर्वसांसद समेत हुनुहुन्छ।}

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...