News Portal

मुगु हत्याकाण्ड: आफन्त बनेर घरभित्र छिरेका थिए चारैजनाको हत्या गरेर भागे

हिमालीसंचार संवाददाता
७८८ पटक

मुगु। मुगुमा तीन बच्चा र आमाको सामूहिक हत्यामा संलग्न दुवैजनाको मृतकसँग चिनजान रहेको र आफन्तको रूपमा उनीहरू घरभित्र छिरेको अनुसन्धानमा खुलेको छ।

हत्यामा संलग्न गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहाेरा हत्याअघि ढोका ढकढकाएरै श्रीदेवी बोहाेराको घरभित्र प्रवेश गरेका थिए।

केही समय उनीहरूबीच गफसमेत भएको थियो। घरभित्र पुगेपछि साँझ कहाँ पुगेर आउनुभयो भनेर श्रीदेवीले सोधेकी थिइन्। केही समय गफ गरेपछि उनीहरूले धारिलो हतियार प्रहार गरी श्रीदेवी उनका दुई छोरा तथा एक छोरीको हत्या गरी लुटपाट गरेका हुन्।

लुटपाटमा संलग्न मुगुको पिना गाउँपालिका– ७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहाेरालाई प्रहरीले पक्राउ गरिसकेको छ। दुवैले अभियोग स्वीकार गरेका छन्।

अभियुक्तहरूले महिलाको मात्र हत्या गर्ने योजना रहेको बताएका छन्। ‘हामी जाँदा बच्चाहरू सुतिसकेका छन् भन्ने लागेको थियो, तर बच्चाहरू सुतेका रहेनछन्,’ सोधपुछमा उनीहरूले प्रहरीसँग भनेका छन्, ‘बच्चाहरूले पनि हामीलाई चिन्ने भएकाले उनीहरूलाई पनि मारेका हौँ।’

छायाँनाथ रारा गाउँपालिका– ६ मुन्दुगाउँनिवासी २८ वर्षीया श्रीदेवी बोहाेरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको गत ८ कात्तिकमा हत्या भएको थियो।

१० कात्तिकमा उनीहरूको शव प्रहरीले फेला पारेको थियो । हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेका थिए।

सुन उनीहरूले नेपालगन्जको सुन पसलमा लगेर बिक्री गरेका थिए। सुन बिक्रीको एक लाख ७९ हजार रुपैयाँ प्रहरीले गोर्खको कोहलपुरस्थित डेराबाट बरामद गरेको छ। मोबाइल भने सुर्खेतको बाँसघारीमा फालेको बताएका छन्।

हत्यामा लुटपाटसँगै रिसिइवी !

हत्याको मुख्य योजना सुन लुट्ने भएपनि रिसइवीसमेत भएको खुलेको छ। हत्यामा संलग्नमध्ये गोपाल बोहाेरा र उनका दाइ श्रीदेवीका श्रीमान् दीपकसँगै वैदेशिक रोजगारीमा कतार गएका थिए। तर, उनीहरूले राम्रो काम नपाएपछि स्वदेश फर्किए।

दीपकले भने- मासिक करिब एक लाख कमाएका थिए। सोही पैसाबाट श्रीमतीलाई गहना किनिदिएका थिए। जग्गा पनि जोडेका थिए। यसरी सम्पत्ति कमाएको रिसिइवीसमेत हत्याको कारण भएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन्। साथै गोपालको परिवारले ६० हजार सापटी लिएकोमा श्रीदेवीलाई २० हजार मात्र फिर्ता गरेकोसमेत अनुसन्धानमा खुलेको छ।

श्रीदेवीले लगाउने सुनका गहना देखेपछि नै उनीहरूले गत जेठमै लुटपाट र हत्याको योजना बनाएका थिए। योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गई गोपालको गोठघरमा बसेका थिए। गाउँलेलाई थाहा नहोस् भनेर उनी गोपालको गोठमा लुकेर बसेका थिए।

योजनाअनुसार नै उनीहरूले ८ कात्तिकको साँझमा हत्या गरी सुर्खेत पुगेका थिए। प्रहरीले सोमबार नै गोरखलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा गोपाल पक्राउ परेका हुन्। गोपाललाई घरबाटै प्रहरीले पक्राउ गरेको हो। चार–पाँच वर्ष भारतको हिमाञ्चलमा बसेर काम गरेका शाही पछिल्लो समय कुनै पनि काममा संलग्न नभएकोसमेत अनुसन्धानमा खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले स्थानीय प्रहरीसँग मिलेर घटनाको दुई सातापछि सामूहिक हत्याको सफल अनुसन्धान गरेको हो।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...