News Portal

  • ग्यास कारोवारमा संलग्न डिष्ट्रिव्युटरको समस्याहरु सरकार समक्ष राख्दै : ग्यास विक्रेता महासंघ

    हिमालीसंचार संवाददाता
    ५९५ पटक

    काठमाण्डौ। अत्यन्तै प्रज्वलनशिल पदार्थ एलपी ग्यास शहरदेखि गाउँगाउँसम्म र घरायसीदेखि व्यवसायीक प्रयोजनसम्म प्रयोग भईरहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनुको साथै विक्री वितरणलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक छ।

    अहिले भइरहेको छरपस्ट डिलरका कारण वेलावेलाका विभिन्न समस्याहरु आउने हुन्छ। यसलाई व्यवस्थित गर्न गराउन विगतका दिनहरुमा थुपै प्रयास भएपनि अभियानले पुर्णता पाउन सकेको छैन। नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई महासंघ नेतृत्वको पदाधिकारी टिमले भेटी यस कारोवारलाई व्यवस्थीत गर्न यससंग संवन्धित, स्थानिय तहका लागी ग्यास कारोवारसंग संवन्धित कार्यविधी ल्याउनुपर्ने, ग्यास कारोवारमा संलग्न डिष्ट्रिव्युटरको लेयर कायम गरिदिनुपर्ने, प्रयोगमा जनचेतना कार्यक्रम सरकारी तहबाटै गरिनुपर्ने, विक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिनुपर्ने, ग्यास कारोवारमा संलग्न व्यवसायीहरुको वर्तमान अवस्थाको लगानी र संचालन खर्चहरु अनुरुपको मुनाफा व्यवस्था मिलाउनुपर्ने विषयहरु उल्लेख पत्र वुझाएको छ।

    पत्रमा एलपी ग्यास कारोवारमा संलग्न डिस्ट्रिव्युटरहरुले दुर्गम जिल्लाहरुमा ग्यासको डेलिभरी गरिरहेको र यसवाट सरकारलाई व्यवसाय गरे अनुरुपको राजश्व जम्मा भएको र हजारौले रोजगारी पाएको हुदा यसलाई व्यवस्थित वनाउन कार्यविधि र लेयर कायम अर्थात आधिकारिकता दिन मन्त्री रिजालसमक्ष अनुरोध गरिएको  महासङ्घका  अध्यक्ष चन्द्र थापाले हिमालीसंचारलाई बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...