News Portal

ग्यास कारोवारमा संलग्न डिष्ट्रिव्युटरको समस्याहरु सरकार समक्ष राख्दै : ग्यास विक्रेता महासंघ

हिमालीसंचार संवाददाता
६६६ पटक

काठमाण्डौ। अत्यन्तै प्रज्वलनशिल पदार्थ एलपी ग्यास शहरदेखि गाउँगाउँसम्म र घरायसीदेखि व्यवसायीक प्रयोजनसम्म प्रयोग भईरहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनुको साथै विक्री वितरणलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक छ।

अहिले भइरहेको छरपस्ट डिलरका कारण वेलावेलाका विभिन्न समस्याहरु आउने हुन्छ। यसलाई व्यवस्थित गर्न गराउन विगतका दिनहरुमा थुपै प्रयास भएपनि अभियानले पुर्णता पाउन सकेको छैन। नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई महासंघ नेतृत्वको पदाधिकारी टिमले भेटी यस कारोवारलाई व्यवस्थीत गर्न यससंग संवन्धित, स्थानिय तहका लागी ग्यास कारोवारसंग संवन्धित कार्यविधी ल्याउनुपर्ने, ग्यास कारोवारमा संलग्न डिष्ट्रिव्युटरको लेयर कायम गरिदिनुपर्ने, प्रयोगमा जनचेतना कार्यक्रम सरकारी तहबाटै गरिनुपर्ने, विक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिनुपर्ने, ग्यास कारोवारमा संलग्न व्यवसायीहरुको वर्तमान अवस्थाको लगानी र संचालन खर्चहरु अनुरुपको मुनाफा व्यवस्था मिलाउनुपर्ने विषयहरु उल्लेख पत्र वुझाएको छ।

पत्रमा एलपी ग्यास कारोवारमा संलग्न डिस्ट्रिव्युटरहरुले दुर्गम जिल्लाहरुमा ग्यासको डेलिभरी गरिरहेको र यसवाट सरकारलाई व्यवसाय गरे अनुरुपको राजश्व जम्मा भएको र हजारौले रोजगारी पाएको हुदा यसलाई व्यवस्थित वनाउन कार्यविधि र लेयर कायम अर्थात आधिकारिकता दिन मन्त्री रिजालसमक्ष अनुरोध गरिएको  महासङ्घका  अध्यक्ष चन्द्र थापाले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...