News Portal

कुवेत आएको भोलिपल्टै रुपन्देहीका प्रकाश गौतम सम्पर्क बिहिन

हिमालीसंचार संवाददाता
६७२५ पटक

कुवेत – आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख युएई एक्सचेन्ज कम्पनी (UAE Exchange Company) को सेक्युरिटि गार्डमा कुवेत आएका रुपन्देही तिलोत्तमा वडा नम्बर १२ बुधबारेका प्रकाश गौतम आएको भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबारदेखि सम्पर्क बिहिन भएको कुवेतमै कार्यरत उनका आफन्तले जानकारी दिए।

कुवेतबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कहिँ कतै देखेमा कुवेतको नेपाली राजदूतावास अर्थात उनको आफन्तको मोबाइल नम्बर ६७०४०३१८ मा सम्पर्क गरि जानकारी गराउनुहुन समेत सबैमा आग्रह गरिएको छ।

गौतम सम्पर्क बिहिन भएको बिषयमा नेपाली राजदूतावास कुवेतलाई खोजीको लागि जानकारी गराएको उनले बताए। साथै उनको कम्पनीले समेत स्थानीय प्रहरी प्रशासनलाई खोजीको लागि जानकारी गराई सकेको छ।

मुर्गाफबाट अकस्मात सम्पर्क बिहिन भएका प्रकाश् नेपालबाट रोजगारीका लागि कुवेत आएको दोस्रो दिनमै आखिर कहाँ गए त कस्तो समस्यामा परे अन्योलता छाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...