News Portal

चिनजानकै साथीलाई आफ्नो नामको सिमकार्ड दिदाँ ब्ल्याकमेलिङ !

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं। दैलेखका गीता थापा (नाम परिवर्तन) को न्युरोडमा मोबाइल पसल छ। मोबाइल पसल भएकाले पसलमा ग्राहक पुग्ने नै भए। करिब चार महिनाअघि गीताका चिनजानकै साथी दैलेख महाबु गाउँपालिका–२ का ३९ वर्षीय तुलाराम सारु छिरे।

उनी मोबाइल किन्न होइन कि चिनजानकै साथी भएकाले सीमकार्ड निकाल्न उनको नागरिताको फोटो कपी माग्न पुगेका थिए। गीताले पनि चिनेकै साथी भएकाले नागरिताको साटो आफ्नै नामबाट निकालेको सीमकार्ड दिइन्।

तुलाराम र गीताको सम्बन्ध त्यसपछि झन् गाढा बन्दै गयो। उनी केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए।

सम्बन्ध बढ्दै गएपछि अविवाहित गीतालाई तुलारामले बिहेको प्रस्ताव नै राखे। गीताले मौन समर्थन गरिन्। उनीहरुको भेटघाट मात्रै बाक्लिएन, बिस्तारै म्यासेन्जरमार्फत समेत घण्टौं भिडियो कल हुन थाल्यो।

भिडियोमा उनीहरु दुवै जना अश्लिल हर्कतसमेत गर्न थाले। त्यो भिडियो तुलारामले स्क्रिन रेकर्ड गरेर राख्थे। त्यसबारे गीता अनभिज्ञ थिइन्। जब तुलाराम र गीताबीच सम्बन्ध खटपट हुन थाल्यो।

त्यसपछि तुलरामले त्यही स्क्रिन रेकर्ड देखाएर ‘ब्ल्याकमेलिङ’ गर्न थाले। त्यसपछि गीताले तुलरामलाई आफ्नो फेसबुकबाट हटाइन्। तर, तुलरामले ‘फेक फेसबुक’ आइडी खोली ती भिडियो गीताका आफन्तलाई पठाउन थाले। तुलरामको हैरानीपछि उनी प्रहरीको साइबर ब्यूरो पुगिन्।

प्रहरीले तुलरामलाई पक्राउ गरी कानुनी दायरामा ल्यायो। गत २३ साउनमा पक्राउ परेका उनी पुर्पक्षका लागि जेल चलान भएका छन्। मुद्दा जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ। बाह्रखरीबाट।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...