News Portal

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख ठगेको आरोपमा एक महिला पक्राउ

हिमालीसंचार संवाददाता
४७० पटक

काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रूपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन्। भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य पक्राउ परेकी हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं महानगरपालिका-२४ बाट पक्राउ गरेको हो। रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै पैसा लिइसकेपछि फरार भएकोले उनीविरूद्ध मदन राजमोक्तानसहित १७ जनाले उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो।

त्यसैले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...