News Portal

शुद्धोधन गाउँपालिका उपाध्यक्षले कुटे प्रमुख प्रशासकीय अधिकृत

हिमालीसंचार संवाददाता
३५१ पटक

कपिलवस्तु। शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन्। बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए।

वादविवादका क्रममा ज्ञवालीको नेम प्लेट र काम गर्ने कार्यालयको टेबुलको सिसा पनि फुटेको अधिकृत ज्ञवालीले बताए। प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘एक्कासी मेरो कार्यकक्षमा आएर दुई मुक्का हान्नु भयो, टेबलका सिसा उठाउनु भयो कर्मचारी साथीहरू भएर बचाए।’

आफू अहिले चेकअपका लागि अस्पतालमा रहेको अधिकृत ज्ञवालीले बताए। यता गाउँपालिकाका उपाध्यक्ष चौधरीलाई प्रशासनले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

स्रोतका अनुसार उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको बताइएको छ।

यसैगरी गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरीएको छ। उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन्। त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटेर ज्ञापन पत्र दिई कडा कारबाहीको माग गरेका हुन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...