News Portal

श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाण्डौं। श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट-४ घर भइ हाल काठमाडौं बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौंको नागार्जुन-१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल रहेका उपत्यका अपराध अनुन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको केसीले बताए। उनीहरुलाई कामपा-१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो।

उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल१/१ थानलगायत अन्य सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक केसीले बताए। उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...