News Portal

  • पद पाएको मान्छे मद खाएको जस्तो हुन्छ !

    कमला थापा
    ९३६ पटक

    बरिष्ठ साहित्यकार स्व. कबी भीमनिधि तिवारीजीले २०३० सालमा नेपाली समाजमा मेल खाने कविता लेखे ” पद पाएको मान्छे, मद खाएको जस्तो हुन्छ ” बास्तबमा यो पंत्ती आजको राजनितिक जगतमा मेल खाने छ। संम्मानित ओहोदामा पुगेका राजनितिज्ञ, संबैधानिक पदमा पुगेका र उच्च ओहदामा पुगेका कर्मचारी वर्गहरुमा यही चरित्र पाईन्छ।

    शक्ति यस्तो चिज रहेछ जस्ले ब्यक्तिलाई दृष्टि बिहिन सरह बनाईदिदो रहेछ। शक्ति आर्जन गर्नको लागि सत्ताको आबस्यक्ता पर्छ। शक्ति भएपछी जसलाई जुनबेला मनमा जे ईच्छा जागृत हुन्छ त्यहि गर्न पाईन्छ। शत्तामा पुगेपछि शक्ति मात्र आर्जन हुदैन त्यस्ले अर्थोपार्जनको सहज र सजिलो मार्ग समेत देखाउदो रहेछ। तर यो सबैमा लागु हुन्छ भन्ने चांहि होईन। केही दरिद्र र हिजो केही नदेखेका, समाजिक जिम्मेवारी, जनता, देश प्रती ईमान्दार हुन नचाहने र नभएका भ्रष्ट आचरणले भरिएकाहरुमा बिषेश गरेर पाईन्छ। यो ब्यक्ति बिषेशको सोचाईमा निर्भर रहन्छ। आज हामी जनताहरु यस्तै राजनितिक चरित्र बोकेका नेताहरुको सिकार भएका छौ। सायद यो शान्ति प्रेमी जनताहरुको नियति नै यस्तै होला भनेर आफैलाई कोषनु बाहेक अरु नहोला।

    देशको नक्सालाई जन्मदिनको केक बनाएर काटेर खानेहरुलाई यस्ता प्रश्नहरुले कहिले छुन्छ ? श्रीलंकाको जस्तो स्थिति श्रृजना नहुन्जेल ? देशको अबस्थामा सुधार आउने देखिदैन। के यो सबै जनताले सहि दिनुपर्ने हो ? के यसले सत्तासिनहरुलाई लज्जित बनाउदैन ?

    केही दिन अगाडी एमालेका अध्यक्ष केपि ओलीको बिशेष अनुरोधमा प्रधानमन्त्री समेत तिन पार्टीका बरिष्ठ नेताहरुको बैठक बालुवाटारमा बसेको खवर सुनियो। उक्त बैठक देशमा उत्पन्न बिबिध समस्याहरुमा केन्द्रित थिएन। त्यो बैठक एकजना समाज सेवी, सामाजिक अभियन्ता तथा बरिष्ठ मेडिकल ब्यबसायी, जस्ले समाजमा ब्याप्त रुपमा बढ्दै गेको समस्या, गरिबी, अन्यायमा परेका जनता, जस्को आवाज सुनिदिने सरकार नहूंदा भूंई मान्छेहरुको आवाज उठाउने ब्यक्ति, देशमा विद्यमान समस्या भ्रष्टाचर, माफियाहरु बिरुद्ध आवाज उठाउँदै राष्ट्को सम्पत्ति बिदेशमा लगेर लगानी गरेका उपर आवाज उठाएका कारण दुर्गा प्रसाईलाई तुरुन्त पक्रिएर थुनामा राखियोस् भन्ने दवावका लागि भएको भन्ने खवर बाहिर सुनियो। पूर्व प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको कुरा दुर्गा प्रसाईले मात्र बोलेका छैनन, उक्त समाचार बिदेशी समाचार माध्यममा आएको कुरा हो।

    जस्तो:- WION भन्ने समाचारले दिएको छ “Nepal PM Oli faces corruption charges with Chinese deals under scanner,The charges against Oli are serious. During his first stint as Prime Minister, Oli allegedly tried to invest in the telecom sector of Cambodia” यसरी आएको समाचार दुर्गाले मात्र भनेका त होईनन्। यसैकारण दुर्गा प्रसाईलाई थुन्नु पर्यो ? त्यतिमात्र हैन उनको ज्यानको समेत असुरक्षा भएको कुरा आइरहेको छ। के यही हो गणतन्त्र ? ठुलाबडाले जे गरेपनि हुने जनताले बाहिर आएका कुराहरु के हो त भनेर आवाज उठाउन नपाउने ? यो कुरा सांसदले समेत मिडियामा बोलिसकेका छन्, के छ जवाफ ? यसरी राज्यको सम्पत्ति बिदेश पलायन गरिएको छ। कुरा उठाउन नपाइने ? यदी जेल हाल्ने नै हो भने देश दोहन गर्नेहरुलाई पहिला जेल हाल्नुपर्छ।

    यसरी देशलाई कंगाल बनाईदै छ। संसदमा रोष्टमबाट सांसद डा. शुनिल शर्माले प्रधानमन्त्री प्रचण्डले नाडिमा बानेको घडी ढाई करोड पर्ने, त्यस्तै उहांको स्वकिय सचिव छोरीले बोकेको ब्यागको मूल्य डेढ करोड पर्ने कसरी आयो ? प्रश्न गरेका छन्, यो ब्यागको कुरा पूर्वखानेपानी मन्त्री हिसिला यमीको पनि आएको थियो।

    यस्तो महंगो सामानका भोगिहरु सबै सर्वहारा बर्गको नेतृत्व गर्ने भन्ने कम्निस्टहरुकै विषयमा धेरै किन आउछ ? देशको नक्सालाई जन्मदिनको केक बनाएर काटेर खानेहरुलाई यस्ता प्रश्नहरुले कहिले छुन्छ ? श्रीलंकाको जस्तो स्थिति श्रृजना नहुन्जेल ? देशको अबस्थामा सुधार आउने देखिदैन। के यो सबै जनताले सहि दिनुपर्ने हो ? के यसले सत्तासिनहरुलाई लज्जित बनाउदैन ? आज नेपालको पासपोर्ट देख्दा बिदेशीले खिसी गर्छन् हेट गर्छन् के यो जनताले गरेको हो ? नेताहरुले जवाफ दिनैपर्छ। यो अति भयो अब जनताले टुलुटुलु हेरेर बस्ने होईन यो ब्यबस्था र जनताको अबस्था बदल्नको लागि सबै एकजुट भएर आन्दोलनको तयारीमा जुटनुको बिकल्प छैन।
    जय नेपाल।

    {लेखिका थापा नेपाली कांग्रेसको पूर्व सासंदसमेत हुनुहुन्छ।}

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal