News Portal

पद पाएको मान्छे मद खाएको जस्तो हुन्छ !

कमला थापा
१६५७ पटक

बरिष्ठ साहित्यकार स्व. कबी भीमनिधि तिवारीजीले २०३० सालमा नेपाली समाजमा मेल खाने कविता लेखे ” पद पाएको मान्छे, मद खाएको जस्तो हुन्छ ” बास्तबमा यो पंत्ती आजको राजनितिक जगतमा मेल खाने छ। संम्मानित ओहोदामा पुगेका राजनितिज्ञ, संबैधानिक पदमा पुगेका र उच्च ओहदामा पुगेका कर्मचारी वर्गहरुमा यही चरित्र पाईन्छ।

शक्ति यस्तो चिज रहेछ जस्ले ब्यक्तिलाई दृष्टि बिहिन सरह बनाईदिदो रहेछ। शक्ति आर्जन गर्नको लागि सत्ताको आबस्यक्ता पर्छ। शक्ति भएपछी जसलाई जुनबेला मनमा जे ईच्छा जागृत हुन्छ त्यहि गर्न पाईन्छ। शत्तामा पुगेपछि शक्ति मात्र आर्जन हुदैन त्यस्ले अर्थोपार्जनको सहज र सजिलो मार्ग समेत देखाउदो रहेछ। तर यो सबैमा लागु हुन्छ भन्ने चांहि होईन। केही दरिद्र र हिजो केही नदेखेका, समाजिक जिम्मेवारी, जनता, देश प्रती ईमान्दार हुन नचाहने र नभएका भ्रष्ट आचरणले भरिएकाहरुमा बिषेश गरेर पाईन्छ। यो ब्यक्ति बिषेशको सोचाईमा निर्भर रहन्छ। आज हामी जनताहरु यस्तै राजनितिक चरित्र बोकेका नेताहरुको सिकार भएका छौ। सायद यो शान्ति प्रेमी जनताहरुको नियति नै यस्तै होला भनेर आफैलाई कोषनु बाहेक अरु नहोला।

देशको नक्सालाई जन्मदिनको केक बनाएर काटेर खानेहरुलाई यस्ता प्रश्नहरुले कहिले छुन्छ ? श्रीलंकाको जस्तो स्थिति श्रृजना नहुन्जेल ? देशको अबस्थामा सुधार आउने देखिदैन। के यो सबै जनताले सहि दिनुपर्ने हो ? के यसले सत्तासिनहरुलाई लज्जित बनाउदैन ?

केही दिन अगाडी एमालेका अध्यक्ष केपि ओलीको बिशेष अनुरोधमा प्रधानमन्त्री समेत तिन पार्टीका बरिष्ठ नेताहरुको बैठक बालुवाटारमा बसेको खवर सुनियो। उक्त बैठक देशमा उत्पन्न बिबिध समस्याहरुमा केन्द्रित थिएन। त्यो बैठक एकजना समाज सेवी, सामाजिक अभियन्ता तथा बरिष्ठ मेडिकल ब्यबसायी, जस्ले समाजमा ब्याप्त रुपमा बढ्दै गेको समस्या, गरिबी, अन्यायमा परेका जनता, जस्को आवाज सुनिदिने सरकार नहूंदा भूंई मान्छेहरुको आवाज उठाउने ब्यक्ति, देशमा विद्यमान समस्या भ्रष्टाचर, माफियाहरु बिरुद्ध आवाज उठाउँदै राष्ट्को सम्पत्ति बिदेशमा लगेर लगानी गरेका उपर आवाज उठाएका कारण दुर्गा प्रसाईलाई तुरुन्त पक्रिएर थुनामा राखियोस् भन्ने दवावका लागि भएको भन्ने खवर बाहिर सुनियो। पूर्व प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको कुरा दुर्गा प्रसाईले मात्र बोलेका छैनन, उक्त समाचार बिदेशी समाचार माध्यममा आएको कुरा हो।

जस्तो:- WION भन्ने समाचारले दिएको छ “Nepal PM Oli faces corruption charges with Chinese deals under scanner,The charges against Oli are serious. During his first stint as Prime Minister, Oli allegedly tried to invest in the telecom sector of Cambodia” यसरी आएको समाचार दुर्गाले मात्र भनेका त होईनन्। यसैकारण दुर्गा प्रसाईलाई थुन्नु पर्यो ? त्यतिमात्र हैन उनको ज्यानको समेत असुरक्षा भएको कुरा आइरहेको छ। के यही हो गणतन्त्र ? ठुलाबडाले जे गरेपनि हुने जनताले बाहिर आएका कुराहरु के हो त भनेर आवाज उठाउन नपाउने ? यो कुरा सांसदले समेत मिडियामा बोलिसकेका छन्, के छ जवाफ ? यसरी राज्यको सम्पत्ति बिदेश पलायन गरिएको छ। कुरा उठाउन नपाइने ? यदी जेल हाल्ने नै हो भने देश दोहन गर्नेहरुलाई पहिला जेल हाल्नुपर्छ।

यसरी देशलाई कंगाल बनाईदै छ। संसदमा रोष्टमबाट सांसद डा. शुनिल शर्माले प्रधानमन्त्री प्रचण्डले नाडिमा बानेको घडी ढाई करोड पर्ने, त्यस्तै उहांको स्वकिय सचिव छोरीले बोकेको ब्यागको मूल्य डेढ करोड पर्ने कसरी आयो ? प्रश्न गरेका छन्, यो ब्यागको कुरा पूर्वखानेपानी मन्त्री हिसिला यमीको पनि आएको थियो।

यस्तो महंगो सामानका भोगिहरु सबै सर्वहारा बर्गको नेतृत्व गर्ने भन्ने कम्निस्टहरुकै विषयमा धेरै किन आउछ ? देशको नक्सालाई जन्मदिनको केक बनाएर काटेर खानेहरुलाई यस्ता प्रश्नहरुले कहिले छुन्छ ? श्रीलंकाको जस्तो स्थिति श्रृजना नहुन्जेल ? देशको अबस्थामा सुधार आउने देखिदैन। के यो सबै जनताले सहि दिनुपर्ने हो ? के यसले सत्तासिनहरुलाई लज्जित बनाउदैन ? आज नेपालको पासपोर्ट देख्दा बिदेशीले खिसी गर्छन् हेट गर्छन् के यो जनताले गरेको हो ? नेताहरुले जवाफ दिनैपर्छ। यो अति भयो अब जनताले टुलुटुलु हेरेर बस्ने होईन यो ब्यबस्था र जनताको अबस्था बदल्नको लागि सबै एकजुट भएर आन्दोलनको तयारीमा जुटनुको बिकल्प छैन।
जय नेपाल।

{लेखिका थापा नेपाली कांग्रेसको पूर्व सासंदसमेत हुनुहुन्छ।}

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...