News Portal

एनआरएनए एनसीसी जर्मनी गठन, अध्यक्षमा राजकुमार खड्का

हिमालीसंचार संवाददाता
२९९ पटक

जर्मनी। राजकुमार खड्काको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको १५ सदस्य कार्यसमिति गठन भएको छ। खड्काकै कानुनी पहलपछि जर्मनीको २०२१ को गैरकानुनी निर्वाचन अदालतबाट रद्द भएको थियो।

अक्टुवर २९, २०२३ मा जर्मनीमा रहेका एनआरएनहरुको भेलाले एनआरएनए एनसीसी जर्मनी गठन गरेको हो। समितिले सदस्यता खुला गरेर नोभेम्बर २०२३ भित्रमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

राज कुमार खड्का, शिबकला गुरुङ (सानु गुरुङ), अनु शाह, आशिष गुरुङ, सकुन्तला खनाल, मौशम साक्य, नैनाकला वेलमान, लीला गुरुङ, मिना कार्की, प्रकाश खनाल, सर्मीला रोक्का, दीपेश खत्री, सुजिता श्रेष्ठ, प्रशान्त पोखरेल, पासाङ्ग शेर्पा र रंजीता श्रेष्ठ नवगठित कार्यसमितिमा रहेका छन्।

समितिले कानुनविदहरुसंगको सल्लाहमा संस्थाको उपुक्त कानुनी र अन्य गतिबिधिका प्रक्रिया पुरा गर्ने समेत तयारी सुरु गरेको छ। समितिले जर्मनीमा रहनुहुने सम्पूर्ण एनआरएनहरुको प्रतिनिधित्व हुने कुरामा बिशेष घ्यान दिने कुरा बताएको छ।

उक्त नवगठित कार्यसमितिलई एनआरएनए आइसीसीको तर्फबाट अध्यक्ष बिनोद कुंवर र महासचिव जानकी गुरुङको हस्ताक्षर सहितको मान्यता पत्र तत्कालै पठाइने बताएको छ।

समितिको विभिन्न बिचार र राजनीतिक दलहरुसंग आस्था राख्नुहुने सबैसँग आपत्ती र असमान्स्यता नभएता पनि उहाँहरुको सम्मान गर्दै एनआरएनए एनसीसी जर्मनीमा सम्मानजनक सहयोग र सहकार्यको अपेक्षाको लागि अनुरोध समेत गरेको सचिवालय बताएको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...