News Portal

  • बन्धक शिशुलाई उद्धार गर्न जाँदा कोहलपुरका डीएसपीमाथि छुरा प्रहार

    हिमालीसंचार संवाददाता
    ३३० पटक

    बाँके। बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए। खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए।

    उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले मध्यराति १२ बजे नजिकै रहेको प्रहरी बिट कौशिलानगरमा खबर गर्‍यो। बिटका टोलीले थप मद्दत चाहिने भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गर्‍यो।

    त्यसपछि कोहलपुरका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोली घटनास्थलमा पुग्यो। तिवारीका अनुसार, टोलीले त्यहाँ पुगेर पटकपटक संवाद गर्न खोज्दा उनले मानेनन्।

    ‘परिवारका सदस्यले बरु गोली हानेर भएपनि नियन्त्रणमा लिनुपर्ने बताउन थाले, तर हामीले त्यस्तो गर्न मिल्थेन’, तिवारीले सुनाए, ‘नजिक जाने वित्तिकै बच्चा जोखिममा पर्ने स्थिति थियो, अश्रुग्याँस वा अरु कुनै विधिले पनि काम गरिरहेको थिएन।’

    प्रहरीको कमाण्ड सुन्दै नसुनेपछि प्रहरीले ढोका र झ्यालबाट प्रवेश गर्ने नीति लियो। हेलमेट लगाएका प्रहरी टोली दुवैतिर प्रवेश गर्ने तयारी गरिरहेका थिए। त्यहीबेला मध्यराति कुशलले डीएसपी तिवारीलाई छुरा प्रहार गरे।

    ‘म झ्यालबाट केही दूरिमै थिए, तर टाढाबाट हानेको छुराले चोट लाग्यो’, उनले भने, ‘झ्यालमा डिस्ट्याक्सन गरेर ढोकाबाट प्रवेश गर्न खोजेका थियौं, त्यसक्रममा यस्तो घटना भएको हो।’

    प्रहरीका अनुसार, उनको हातमा टाँका लगाउनु परेको छ। यसपछि प्रहरी थप आक्रामक भयो। बच्चाको उद्धार गरियो। परिवारसँगको सोधपुछका क्रममा उनले विगतमा पनि यस्ता खाले हर्कत देखाउने गरेको खुल्यो।

    ‘पहिले पनि यसरी लखेट्ने गर्थ्यो, हामी भाग्थ्यौं । यसपालिचाहिं बच्चा पनि राखेकाले समस्या भयो भनेर परिवारका अन्य सदस्यहरुले बताउनुभएको छ’, एक प्रहरी अधिकृतले भने, ‘मानसिक रुपमा समस्या हुनसक्ने देखिएपछि उपचारका लागि कोहलपुर मेडिकल अस्पताल पठाएका छौं ।’

    अनलाईनखबरका अनुसार प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...