News Portal

बन्धक शिशुलाई उद्धार गर्न जाँदा कोहलपुरका डीएसपीमाथि छुरा प्रहार

हिमालीसंचार संवाददाता
४१७ पटक

बाँके। बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए। खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए।

उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले मध्यराति १२ बजे नजिकै रहेको प्रहरी बिट कौशिलानगरमा खबर गर्‍यो। बिटका टोलीले थप मद्दत चाहिने भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गर्‍यो।

त्यसपछि कोहलपुरका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोली घटनास्थलमा पुग्यो। तिवारीका अनुसार, टोलीले त्यहाँ पुगेर पटकपटक संवाद गर्न खोज्दा उनले मानेनन्।

‘परिवारका सदस्यले बरु गोली हानेर भएपनि नियन्त्रणमा लिनुपर्ने बताउन थाले, तर हामीले त्यस्तो गर्न मिल्थेन’, तिवारीले सुनाए, ‘नजिक जाने वित्तिकै बच्चा जोखिममा पर्ने स्थिति थियो, अश्रुग्याँस वा अरु कुनै विधिले पनि काम गरिरहेको थिएन।’

प्रहरीको कमाण्ड सुन्दै नसुनेपछि प्रहरीले ढोका र झ्यालबाट प्रवेश गर्ने नीति लियो। हेलमेट लगाएका प्रहरी टोली दुवैतिर प्रवेश गर्ने तयारी गरिरहेका थिए। त्यहीबेला मध्यराति कुशलले डीएसपी तिवारीलाई छुरा प्रहार गरे।

‘म झ्यालबाट केही दूरिमै थिए, तर टाढाबाट हानेको छुराले चोट लाग्यो’, उनले भने, ‘झ्यालमा डिस्ट्याक्सन गरेर ढोकाबाट प्रवेश गर्न खोजेका थियौं, त्यसक्रममा यस्तो घटना भएको हो।’

प्रहरीका अनुसार, उनको हातमा टाँका लगाउनु परेको छ। यसपछि प्रहरी थप आक्रामक भयो। बच्चाको उद्धार गरियो। परिवारसँगको सोधपुछका क्रममा उनले विगतमा पनि यस्ता खाले हर्कत देखाउने गरेको खुल्यो।

‘पहिले पनि यसरी लखेट्ने गर्थ्यो, हामी भाग्थ्यौं । यसपालिचाहिं बच्चा पनि राखेकाले समस्या भयो भनेर परिवारका अन्य सदस्यहरुले बताउनुभएको छ’, एक प्रहरी अधिकृतले भने, ‘मानसिक रुपमा समस्या हुनसक्ने देखिएपछि उपचारका लागि कोहलपुर मेडिकल अस्पताल पठाएका छौं ।’

अनलाईनखबरका अनुसार प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...