News Portal

झडपको सम्भावना बढेपछि एनआरएनए कार्यालयमा प्रहरी तैनाथ

हिमालीसंचार संवाददाता
३५९ पटक

काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँ बालुवाटारस्थित कार्यालयमा प्रहरी सुरक्षा बढाइएको छ।

एनआरएनएको दुई समूहबीच हुनेसक्ने सम्भावित झडपलाई रोक्न शुक्रबार बिहानैदेखि बालुवाटारको ललिता निवासस्थित एनआरएनएको कार्यालयमा प्रहरी तैनाथ छन्।

एनआरएनएको अध्यक्ष डा.बद्री केसी विजयी भएपछि निर्वाचनमा पराजित आरके शर्मा पक्ष असन्तुष्ट छ। निर्वाचनमा धाँदली गरेर केसी अध्यक्षमा विजयी भएको आरोप शर्मा पक्षले लगाउँदै आएको छ।

एनआरएनए स्रोतका अनुसार अध्यक्ष केसी कार्यालयमा गए शुक्रबार शर्मा पक्षले तालाबन्दी गर्ने तयारी गरेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो।

बालुवाटारस्थित एनआरएनएकै भवनमा नेपाल राष्ट्र बैँकका केही शाखा पनि सञ्चालनमा छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...