News Portal

उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

हिमालीसंचार संवाददाता
३१४ पटक

काठमाडौँ। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ। बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

मंगलबार विजयादशमीका दिन भएको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको थियो। यो सँगै नेपाली टिम अपराजित रहँदै एसिया कपमा छनोट भएर उपाधिसहित स्वदेश फर्किएको हो।

मलेसियाको क्वालालाम्पुरमा भएको वर्षाले प्रभावित फाइनलमा नेपाल १९ रनले विजयी भएको थियो। नेपाल सबै खेल जितेर यू–१९ एसिया कपमा छनोट भएको हो।

फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले यूएई पनि छानिएको छ। नेपालले सेमिफाइनलमा जापानलाई डक वर्थ लेविसअनुसार १४३ रनले हराएको थियो।

त्यस्तै, समूह चरणमा साउदी अरेबियालाई ३०२ रनले, बहराइनलाई ७ विकेटले र इरानलाई २७४ रनले हराएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...