News Portal

उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाडौँ। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ। बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

मंगलबार विजयादशमीका दिन भएको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको थियो। यो सँगै नेपाली टिम अपराजित रहँदै एसिया कपमा छनोट भएर उपाधिसहित स्वदेश फर्किएको हो।

मलेसियाको क्वालालाम्पुरमा भएको वर्षाले प्रभावित फाइनलमा नेपाल १९ रनले विजयी भएको थियो। नेपाल सबै खेल जितेर यू–१९ एसिया कपमा छनोट भएको हो।

फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले यूएई पनि छानिएको छ। नेपालले सेमिफाइनलमा जापानलाई डक वर्थ लेविसअनुसार १४३ रनले हराएको थियो।

त्यस्तै, समूह चरणमा साउदी अरेबियालाई ३०२ रनले, बहराइनलाई ७ विकेटले र इरानलाई २७४ रनले हराएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...