News Portal

अझै भेटिएनन् सन्तकुमार

हिमालीसंचार संवाददाता
३०३ पटक

लुम्बिनी। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए।

कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन्। सो दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कोटहीमाई गाउपालिका–१ दुइमोहानघाटस्थित दानव खोलामा डुबेर मृत्यु भएका दुइजनाको शब खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए। उनीहरुको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ।

खोलामा डुबेर मृत्यु हुनेमा अमरगञ्जका २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेका छन्। मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कर्यरत प्रहरी जवान हुन्।

दशै मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...