News Portal

महिला कर्मचारीसँग दुबईमा हाकिमको मस्ती

हिमालीसंचार संवाददाता
४२९ पटक

काठमाडौं। दशैंको चटारोले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु भरिभराउ छन्। पर्यटकहरु नेपाल घुम्न आउने समय सुरु भएकोले पनि आन्तरिक र बाह्य उडानहरु भरिभराउ भएको हो। तर, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा भने हावा खाएर बसेको छ।

निगमसँग भएका जहाजहरु चुस्तदुरुस्त राखेर दशैंको बेला व्यापार प्रवद्र्धन गर्नुपर्नेमा कार्यकारी अध्यक्ष युवराज अधिकारी निगमका एकजना महिला कर्मचारीलाई लिएर यतिबेला दुबईमा मस्ती गरिरहेका छन्।

ती महिला कर्मचारीलाई अध्यक्ष अधिकारीले सँगै किन लैजानुपर्यो भनेर निगमकै कर्मचारीहरुले अधिकारीको नियतमाथि प्रश्न गरेका छन्। निगम कर्मचारीका अनुसार ती महिला कर्मचारीसँग उनको पहिलादेखि सम्बन्ध थियो।

अधिकारीले राति–राति म्यासेज पठाएर ती महिला कर्मचारीलाई हैरानी गरेको विषय पनि मिडियामा आएको थियो। त्यसो त यौनजन्य क्रियाकलापमा निगमका महिला कर्मचारीहरुले अधिकारीविरुद्ध महिला आयोगमा मुद्दा दायर नगरेका पनि होइनन्।

अहिले तिनै महिला कर्मचारीलाई लिएर दुबई गएको घटनाले अर्को रहस्य बाहिरिएको छ। स्रोतका अनुसार निगमको दुबई कार्यालयमा करिब ४ करोड रुपैयाँ घोटाला भएको छ। सुरुमा ती महिला कर्मचारीसँग सेटिङ गरेर उक्त घटना अधिकारीले गुपचुप राखे। तर एक कान दुई कान मैदान हुँदै उक्त घोटाला बाहिरिएपछि आफू पनि मुछिने डरले हतार–हतार अध्यक्ष अधिकारीले ती महिला कर्मचारीलाई सँगै लिएर दुबई पुगेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार दुबईका स्टेशन मेनेजर कमलप्रकाश पौडेल, कन्ट्री मेनेजर अस्मिता सुवेदी र फाइनन्स मेनेजर सुरेश यादव मिलेर ४ करोड रुपैयाँ घोटाला भएको छ। एक वर्ष अगाडि अधिकारी आफैँले जनही १५–२० लाख असुलेर दुबई पठाएका कर्मचारीहरुले गरेको घोटाला बाहिर आएमा आफू फस्ने डरले भित्रभित्रै हिसाब मिलाउन फाइनान्समा कार्यरत उक्त महिलालाई लिएर गएको निगम स्रोतले बताएको छ।

चरित्रहीन भ्रष्ट अधिकारीले नयाँ जहाज किनेर करोडौं कमिशन बुझाउने प्रलोभन दिएपछि बालुवाटार पनि मख्ख छ। पर्यटनमन्त्री सुदन किरातीले समेत र्याल काढ्दै छन्। मन्त्री किरातीले दिनदिनै नयाँ जहाज किन्ने घोषणा गरिरहेका छन्।

एक वर्ष अगाडि मन्त्रिपरिषद्बाट बर्खास्त भएका अधिकारी बालुवाटारलाई करोडौं कमिशनको प्रलोभन र न्यायालयमा सेटिङ गरेर अहिलेसम्म पदमा टिकिरहेका छन्। उनको अन्तरिम आदेशमाथि सर्वोच्चले अहिलेसम्म छिनोफोनो लगाएको छैन। – दृष्टिबाट

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...