News Portal

  • युएईको अबुधाबीमा तीन कम्पनीको एकै दिन उदघाट्न

    राम प्रसाद ढुंगेल
    २८६९ पटक

    अबुधाबी। युएईको राजधानी अबुधाबीमा नेपाली व्यावसायी केशव कार्कीले तीन वटा कम्पनी एकै दिन उदघाट्न गरेका छन्। रियल स्टेट, क्लिनिङ कम्पनी, सैलुन र ट्रेडिङ कम्पनी सन्चालन गरिरहेका युवा व्यावसायी कार्कीले दशै घटस्थापनाको अवसर पारेर अस्टोवर १५ तारिख आइतबार रेस्टुरेन्ट, फेसिलिटी म्यानेजमेन्ट कम्पनी र एक ट्रेडिङ कम्पनी उदघाटन गरेका हुन।

    रियल स्टेट क्षेत्रमा सुनाम कमाएका रामेछापका युवा कार्कीले बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी म्यानेजमेन्ट कम्पनी र रिदिम बिलडिङ मेटि्रेयलको एकै दिन वैदिक बिधिबाट उदघाटन गरेका हुन्।

    इलेक्ट्रा रोडमा संचालित बिबिटी रेस्टुरेन्टको तुलना सस्तो, छिटो र मिठो परिकारहरुका साथमा ग्राहकहरुको मन जित्ने उदेश्यका साथमा नयाँ व्यावसायमा लगानी गरेको बताएका छन्।

    बेस्ट बर्गर टाउन रेस्टुरेन्ट एन्ड क्याफेको नाममा दर्ता रहेको रेस्टुरेन्टको छोटकरीमा बिबिटी रेस्टुरेन्ट राखिएको हो। बिबिटी रेस्टुरेन्टमा बर्गरका विविध परिकारका साथमा एसियन खानाहरु पाइले सेफ ओमबहादुर नेपालीले बताएका छन्। बीस वर्ष रेस्टुरेन्टमा काम गरेका अनुभवी सेफ नेपालीले बिबिटी रेस्टुरेन्टले स्वादिष्ट र ताजा परिकारहरुका कारण ग्राहक वर्गको मन जित्ने दाबी गरेका छन्।

    नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन घटस्थापनाको शुभ साइत पारेर वैदिक बिधिबाट पुजाआजा गरी बिबिटी रेस्टुरेन्टको समुदघाट्न गरिएको हो। रेस्टुरेन्टको समुधघाटन व्यावसायी कार्कीकी ७८ वषीेय आमा दिलकुमारी कार्कीले रिबन काटेर उदघाटन गरेकी हुन्।

    रेस्टुरेन्ट उदघाटन कार्यक्रममा बिशेष अतिथिका रूपमा नेपाल सरकारको संवैधानिक आयोग राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य माननीय विपिन राज निरौला उपस्थित भएर व्यावसायिक सफलताको शुभकामना दिएका थिए।

    रेस्टुरेन्टमा मौलिक नेपाली परिकारहरुका साथमा ईन्डियन, पाकिस्तानी, बङगाली खानाहरु पनि उपलब्ध हुने बताइएको छ।

    ओपनिङ अफरका रूपमा निश्चित दिनसम्म हरेक परिकारमा ५० प्रतिशत छुटको अफर राखिएकोमा नेपालीहरुले सर्वाधिक रुचाएको मम र चाउमिन युएई १० दिराममै होम डेलिभरी दिने रेस्टुरेन्टको योजना रहेको व्यावसायी कार्कीले घोषणा गरेका छन्।

    उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका सदस्य उमाकान्त पाण्डे, गायक तथा बैंकर प्रकाश पौडेल, पुरोहित नारायण डुम्रे, पेशाकर्मी योगेश कार्की, काशीराम दाहालले रेस्टुरेन्टको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    तीन कम्पनीको एकै दिन समुदघाट्न

    नेपालमा सशस्त्र प्रहरीको जागिर र रेस्टुरेन्ट व्यावसाय छोडेर करिब ११ वर्ष अगाडि सेक्युरिटी गार्डको रूपमा युएई आएका केशव कार्की एकै दिन तीन वटा कम्पनीको औपचारिक समुदघाट्न गरेका छन्। आफ्नी आमाको हातबाट कम्पनीको औपचारिक उदघाटन गर्न पाउदा आफुलाई गौरवको अनुभुति भएको व्यावसायी कार्कीले बताएका छन्।

    कार्कीले आफ्ना बुबा रिपुमर्दन कार्की र आमा दिलकुमारी कार्की र आफू स्वयमको म अक्षरलाई जोडेर नामाकरण गरिएको रिदिम फेसिलिटी मेनेज्मेन्ट, बिबिटी रेस्टुरेन्ट र हार्डवेयर कम्पनी रिदिम बिल्डिङ मेटेरियल एन्ड जनरल ट्रेडिङको उदघाटन २०८० सालको घटस्थापनाको अवसर पारेर गरेका हुन्।

    अबुधाबीको नेपाली समुदायमा सुपरिचित नेपाली पुरोहित नारायण डुम्रेले वैदिक विधिबाट पुजाआजा गरेपछि व्यावसायी कार्कीकी आमा दिलकुमारी कार्कीको बाहुलीबाट तीन वटै कम्पनीको औपचारिक समुदघाट्न सेप्टेम्बर १५ मा गरिएको हो।

    कार्कीको लगानीमा संचालित पाँच कम्पनीमा करिब २ सय जना नेपालीले रोजगारी पाएका छन्।

    रियल स्टेटमा सफल कार्की

    अबुधाबीमा पाँचौ कम्पनीको रूपमा बिबिटी रेस्टुरेन्ट संचालनमा ल्याएका कार्कीले सफलता पाएको क्षेत्र रियल स्टेट हो। अबुधाबीको हमदान रोड र इलेक्ट्रा रोडमा गरी ७० वटा फ्लाट लिएर रियल स्टेट संचालन गरिरहेका कार्की यो क्षेत्रमा सफल देखिन्छन्। कार्कीको व्यवस्थापनना करिब २ हजार जना बसोबास गरिरहेका छन्।

    समस्यामा परेका श्रमिकलाई नि:शुल्क सेल्टर

    अबुधाबीको नेपाली कम्युनिटीमा सबैभन्दा ठुलो भोल्युममा रियल स्टेट संचालन गरिरहेका युवा व्यावसायी कार्की रोजगारको सिलसिलामा युएई आएका नेपालीहरुलाई दूतावासको सिफारिसमा नि:शुल्क सेल्टर उपलब्ध गराउने घोषणा गरेका छन्।

    युएईका लागि नवनियुक्त नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा व्यावसायिक व्याक्तिव कार्कीले उक्त घोषणा गरेका हुन्।

    नेपालबाट बैधानिक तरिकाले श्रम गर्न युएई आएका नेपालीहरुको कम्पनी बन्द भएमा, खान र बस्नको समस्या भएमा निजको समस्या समाधान नभएसम्म नि:शुल्क सेल्टर उपलब्ध गराउने व्यावसायी कार्कीले बताएका छन्।

    उत्कृष्ट कर्मचारीलाई अवार्ड

    व्यावसायी केशव कार्कीद्वारा संचालित कम्पनीमा कार्यरत पाँचथर निवासी कर्मचारी सुर्यबहादुर काम्हाङलाई इम्प्लोइ अफ द इयर -२०२२ अवार्ड प्रदान गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...