News Portal

युएईको अबुधाबीमा तीन कम्पनीको एकै दिन उदघाट्न

राम प्रसाद ढुंगेल
३०९३ पटक

अबुधाबी। युएईको राजधानी अबुधाबीमा नेपाली व्यावसायी केशव कार्कीले तीन वटा कम्पनी एकै दिन उदघाट्न गरेका छन्। रियल स्टेट, क्लिनिङ कम्पनी, सैलुन र ट्रेडिङ कम्पनी सन्चालन गरिरहेका युवा व्यावसायी कार्कीले दशै घटस्थापनाको अवसर पारेर अस्टोवर १५ तारिख आइतबार रेस्टुरेन्ट, फेसिलिटी म्यानेजमेन्ट कम्पनी र एक ट्रेडिङ कम्पनी उदघाटन गरेका हुन।

रियल स्टेट क्षेत्रमा सुनाम कमाएका रामेछापका युवा कार्कीले बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी म्यानेजमेन्ट कम्पनी र रिदिम बिलडिङ मेटि्रेयलको एकै दिन वैदिक बिधिबाट उदघाटन गरेका हुन्।

इलेक्ट्रा रोडमा संचालित बिबिटी रेस्टुरेन्टको तुलना सस्तो, छिटो र मिठो परिकारहरुका साथमा ग्राहकहरुको मन जित्ने उदेश्यका साथमा नयाँ व्यावसायमा लगानी गरेको बताएका छन्।

बेस्ट बर्गर टाउन रेस्टुरेन्ट एन्ड क्याफेको नाममा दर्ता रहेको रेस्टुरेन्टको छोटकरीमा बिबिटी रेस्टुरेन्ट राखिएको हो। बिबिटी रेस्टुरेन्टमा बर्गरका विविध परिकारका साथमा एसियन खानाहरु पाइले सेफ ओमबहादुर नेपालीले बताएका छन्। बीस वर्ष रेस्टुरेन्टमा काम गरेका अनुभवी सेफ नेपालीले बिबिटी रेस्टुरेन्टले स्वादिष्ट र ताजा परिकारहरुका कारण ग्राहक वर्गको मन जित्ने दाबी गरेका छन्।

नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन घटस्थापनाको शुभ साइत पारेर वैदिक बिधिबाट पुजाआजा गरी बिबिटी रेस्टुरेन्टको समुदघाट्न गरिएको हो। रेस्टुरेन्टको समुधघाटन व्यावसायी कार्कीकी ७८ वषीेय आमा दिलकुमारी कार्कीले रिबन काटेर उदघाटन गरेकी हुन्।

रेस्टुरेन्ट उदघाटन कार्यक्रममा बिशेष अतिथिका रूपमा नेपाल सरकारको संवैधानिक आयोग राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सदस्य माननीय विपिन राज निरौला उपस्थित भएर व्यावसायिक सफलताको शुभकामना दिएका थिए।

रेस्टुरेन्टमा मौलिक नेपाली परिकारहरुका साथमा ईन्डियन, पाकिस्तानी, बङगाली खानाहरु पनि उपलब्ध हुने बताइएको छ।

ओपनिङ अफरका रूपमा निश्चित दिनसम्म हरेक परिकारमा ५० प्रतिशत छुटको अफर राखिएकोमा नेपालीहरुले सर्वाधिक रुचाएको मम र चाउमिन युएई १० दिराममै होम डेलिभरी दिने रेस्टुरेन्टको योजना रहेको व्यावसायी कार्कीले घोषणा गरेका छन्।

उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका सदस्य उमाकान्त पाण्डे, गायक तथा बैंकर प्रकाश पौडेल, पुरोहित नारायण डुम्रे, पेशाकर्मी योगेश कार्की, काशीराम दाहालले रेस्टुरेन्टको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

तीन कम्पनीको एकै दिन समुदघाट्न

नेपालमा सशस्त्र प्रहरीको जागिर र रेस्टुरेन्ट व्यावसाय छोडेर करिब ११ वर्ष अगाडि सेक्युरिटी गार्डको रूपमा युएई आएका केशव कार्की एकै दिन तीन वटा कम्पनीको औपचारिक समुदघाट्न गरेका छन्। आफ्नी आमाको हातबाट कम्पनीको औपचारिक उदघाटन गर्न पाउदा आफुलाई गौरवको अनुभुति भएको व्यावसायी कार्कीले बताएका छन्।

कार्कीले आफ्ना बुबा रिपुमर्दन कार्की र आमा दिलकुमारी कार्की र आफू स्वयमको म अक्षरलाई जोडेर नामाकरण गरिएको रिदिम फेसिलिटी मेनेज्मेन्ट, बिबिटी रेस्टुरेन्ट र हार्डवेयर कम्पनी रिदिम बिल्डिङ मेटेरियल एन्ड जनरल ट्रेडिङको उदघाटन २०८० सालको घटस्थापनाको अवसर पारेर गरेका हुन्।

अबुधाबीको नेपाली समुदायमा सुपरिचित नेपाली पुरोहित नारायण डुम्रेले वैदिक विधिबाट पुजाआजा गरेपछि व्यावसायी कार्कीकी आमा दिलकुमारी कार्कीको बाहुलीबाट तीन वटै कम्पनीको औपचारिक समुदघाट्न सेप्टेम्बर १५ मा गरिएको हो।

कार्कीको लगानीमा संचालित पाँच कम्पनीमा करिब २ सय जना नेपालीले रोजगारी पाएका छन्।

रियल स्टेटमा सफल कार्की

अबुधाबीमा पाँचौ कम्पनीको रूपमा बिबिटी रेस्टुरेन्ट संचालनमा ल्याएका कार्कीले सफलता पाएको क्षेत्र रियल स्टेट हो। अबुधाबीको हमदान रोड र इलेक्ट्रा रोडमा गरी ७० वटा फ्लाट लिएर रियल स्टेट संचालन गरिरहेका कार्की यो क्षेत्रमा सफल देखिन्छन्। कार्कीको व्यवस्थापनना करिब २ हजार जना बसोबास गरिरहेका छन्।

समस्यामा परेका श्रमिकलाई नि:शुल्क सेल्टर

अबुधाबीको नेपाली कम्युनिटीमा सबैभन्दा ठुलो भोल्युममा रियल स्टेट संचालन गरिरहेका युवा व्यावसायी कार्की रोजगारको सिलसिलामा युएई आएका नेपालीहरुलाई दूतावासको सिफारिसमा नि:शुल्क सेल्टर उपलब्ध गराउने घोषणा गरेका छन्।

युएईका लागि नवनियुक्त नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा व्यावसायिक व्याक्तिव कार्कीले उक्त घोषणा गरेका हुन्।

नेपालबाट बैधानिक तरिकाले श्रम गर्न युएई आएका नेपालीहरुको कम्पनी बन्द भएमा, खान र बस्नको समस्या भएमा निजको समस्या समाधान नभएसम्म नि:शुल्क सेल्टर उपलब्ध गराउने व्यावसायी कार्कीले बताएका छन्।

उत्कृष्ट कर्मचारीलाई अवार्ड

व्यावसायी केशव कार्कीद्वारा संचालित कम्पनीमा कार्यरत पाँचथर निवासी कर्मचारी सुर्यबहादुर काम्हाङलाई इम्प्लोइ अफ द इयर -२०२२ अवार्ड प्रदान गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...