काठमाण्डौं। ०६२/६३ को दोश्रो जनआन्दोलन नेपाली कांग्रेसका स्व. नेता पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भयो। एक सुत्रिय माग लिएर अगाडी बढेको उक्त आन्दोलनको माग मात्र राजा श्री ५ ज्ञानेन्द्र शाहबाट बिगठन गरिएको संसद पुनःस्थापना गरियोस र माओबादीहरुलाई शान्ति प्रकृयामा ल्याउनुपर्छ भन्ने नै थियो। त्यसमा राजसंस्था हटाउने, संम्बिधान सभाको माग गर्ने, गणतन्त्र, संघियतामा देश लाने, सनातन हिन्दू धर्म हटाउने कुनै कुरा थिएन। तीन बर्षको आन्दोलनले सफलता हांसिल गर्यो। राजाबाट बिघटित संसद पुनःस्थापना भयो। गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो।
१२ बुंदे सहमती भयो। शान्ति प्रकृयामा ल्याएर माओबादीलाई स्थापित संसदमा ८३ सिटसहित टिका लगाएर सांसद बनाउनु भयो। त्यसपछिका दिनदेखी आजसम्म जे जति भए त्यो आन्दोलनको माग बिपरित भए। तत्कालीन ७ पार्टीबिच पांच बुँदे सहमती भयो। त्यसमा पनि कहीं कतै राजसंस्था हटाउने कुरा थियन। बरु संबैधानिक राजसंस्थाको जुगौजुगसम्म स्थापित गर्ने कुरा छ। सबैले यसको पालना गर्ने सहमतिमा हस्ताक्षर गरिएको छ। पार्टीहरुले पुरा गरेका छैनन्। तर आज शान्त भएर बसेका र हिजो गणतन्त्रका लागि हासीहासी राज सिंहाशन जनताको नासोका रुपमा छोडेर जनता भएर बसेका राजालाई जिस्काउने काम पार्टीहरुले बारबार गरिरहेका छन्। राजा धार्मिक कार्यमा निस्कदा पनि नेताहरुको मुटुमा ढ्याङ्ग्रो बज्छ। राजा भक्तपुर जांदा बिस्केट जात्रा, लाखेनाच हेर्न गएको हो ? भन्ने आफ्नो पदको मर्यादाको समेत ख्याल गर्दैनन्।
०६२/६३ को जन-आन्दोलनको अगुवाई गर्ने जिम्मा पार्टिका भातृ संसस्थहरुको थियो। आन्दोलनलाई ब्यबस्थित गर्ने बक्ताहरुको तारतम्य मिलाउने सम्पुर्ण जिम्मा काठमाण्डौं जिल्लाका तत्कालिन पार्टि सभापती तिर्थराम डंगोल र महासचिव भिमसेन दास प्रधानको थियो। दैनिक बक्ताहरुको रिपोर्ट गिरिजाबाबु स्वयमले लिनु हुन्थ्यो। चित्त नबुझ्दो ब्यक्तिलाई बक्तमा नराख्न निर्देशन देखी, गणतन्त्र र संम्बिधान सभाको नारा नलगाउन सख्त रोक लगाउनु भएको थियो। तर लाग्यो त्यो क-कस्को र किन के स्वार्थ थियो। अहिलको MCC, SPP, र BRI किन र कसरी भित्रियो, यसमा कसकस्को स्वार्थ थियो। भन्ने कुरा पुष्टि भैसकेको हुनाले यसमा बढी भनिरहनु परेन। राजसंस्था हटाउने निर्णय लिन स्व. गिरिजाबाबुलाई धेरै कठिन परेको थियो। उहां कुनै पनि हालतमा हटाउन चाहनु हुदैनथ्यो। यस बिषयमा राष्ट्र र राजसंस्थाको पूर्ण जिम्मेवारी लिएका प्रमुख ब्यक्तिहरुको सहयोग लिन खोज्नु भयो। तर गणतन्त्रको घोषणाको दिन रातको १० बजेसम्म सम्पर्कमा भएका ती ब्यक्तिहरु रातको ११ बजेपछि सम्पर्कबिहीन हुदै मोवाइलको स्विच अफ गरे छन्। त्यस पछि संसदमा केही पार्टीहरुको चर्को दवाव, त्यस्तै बिदेशीहरुका कारण दवावलाई थेग्न गारो भएका कारण रातको करिव २ वजे हस्ताक्षर भएको थियो। वेवी किंगंको उचारण त्यसै भएको थिएन। त्यस्को रहस्य पछि गरौंला ।
स्व. गिरिजाबाबुले यूवाहरुलाई आब्हान गर्नु हूंदा भन्नु भयको थियो। मैले यो आन्दोलन यसकारण गर्दै छु अबका पछिल्ला दिनहरूमा मेरा भाइछोरा, यूवाहरुले प्रजातन्त्रका लागि फेरी झण्डा उठाउदै सडकमा उत्रनु नपरोस् भन्नका लागि गरेको हूं। त्यसमा सबैको पूर्ण साथ पाउनु भयो तर के आज सांच्चै त्यस्तो भयो त ? म आजका नेताहरुलाई सोध्न चाहन्छु ? किनकी म पनी नेपाली कांग्रेसको तत्कालीन महिला संघको महासचिवको हैसियतले, आन्दोलनको अग्रपंक्तिमै थिय। रत्नपार्कमा भाषण मेरो पनि थियो। तत्कालीन नेपाली कांग्रेस संगठन प्रमुख कृष्ण सिटौलाजी रातको १२/१ बजे फोन गरेर भन्नुहुन्थ्यो, कमलाजी भोली दिउँसो १ बजे न्यूरोडबाट १० हजार महिलाको जुलुस निकाल्नु होला, मैले भने मलाई किन ? यो त मीना दिदिलाई भन्नु पर्थ्यो, जवाफमा उहाँले भन्नुभयो तपाईले सबै कुराको ब्यबस्था गर्न सक्ने भएकोले, आज उहां जिउदै हुनुहुन्छ। आज म जस्ता कार्यकर्तालाई पार्टीले कस्तो समस्यामा परेको छ। त्यसको जानकार हालका राष्ट्रपतिदेखी सबै उच्च तहका नेता, बिषेश केन्द्रिय सदस्यहरु जानकार हुनुहुन्छ। शिर्ष नेताहरु बसेर गरिसकेको निर्णय आज ९ बर्षसम्म अन्जान जस्तो गरि बस्नु भएको छ। किन बोल्नु हुन्न यो मेरो प्रस्न छ ? नेपाली कांग्रेसका पार्टी सभापति यसको पूर्ण जिम्मेवार हुनुहुन्छ। निर्णय उहांले नै गर्नु भएको थियो।
त्यसैले हाम्रा नेताहरुको हिजोको औकात र आजको आन, मान, सान जिवन शैली देखेका जनताहरु, प्रेसजगत दैनिक ३/४ पटक प्रसारण गरिरहेका छन्। हिजो चप्पल पडकाउदै आएका नेताहरुको आज काठमाण्डौंमा मामुली तिन/चारवटा आलिसान महल घर, सपिङ महल, जताततै घडेरी सैयौं रोपनी, बिघा जमिन तिन, चार करोड पर्ने पजेरो कसरी भयो ? राष्ट्रको धन लुटेर भ्रष्टाचरबाट कुम्ल्याएको अरबौं, अर्ब, खरबौं रुपैया बिदेश पुर्याए ? देशको अर्थतन्त्र गिर्दो छ। देशको सम्पत्ति बिदेश पलायन गरिएको छ। गरिखाने ठांउ छैन गरिबी, अन्याय, बैंकको दवाव, दशैंको मुखमा लिलामका पत्र घरघरमा पुर्याएर जनतलाई झुन्डिएर, बिष खाएर, फालहालेर मर्न बाध्य बनाईएको छ। उद्दोगधन्दा, कलकारखाना नहुँदा जनता बेरोजगार, नेता बिना ढेउवा यूवाहरुलाई बिदेशको बाटो देखाउछन्। बिकल्पको बाटो रोज्न बाध्य भैसके, त्यस्ता ब्यक्तिहरुलाई आफ्ना अरिगंगाल लगाएर राज्य आतंक मच्चाउनेहरु कालो मोसो दल्ने, मार्ने धम्की दिदैछन्। नेताहरु भन्छन्, गणतन्त्रमा जनताले बोल्न पाएका छन्। आफ्ना कुरा राख्न पाएका छन्। के यति नै हो ? गणतन्त्रले दिएको अधिकार, उपहार ? नेताहरुलाई प्रश्न छ, भोको पेटले बोल्न मात्र पाएर पुग्छ ? बोल्नेलाई तपाईहरुको अरिगंगालहरुले बांकी राखेका छन् ?
त्यस्तै बहुदल आउनु अगाडी र आएपछि सत्तामा नपुगुन्जेल, मन्त्री नहुन्जेल काठमाण्डौं जिल्लाका बाहेक जिल्लाबाट आएका अधिकांश सबै पार्टिका ठुलासाना नेताहरुका दोश्रो आन्दोलनसम्म घरजग्गा नभएकाहरु गणतन्त्र आएपछि एकाएक कसरी यो औकातमा पुगे ? तर ४४ सालदेखि काठमाण्डौंमा घर, ०४८ सालदेखि गाडी चलाएर हिडेका ब्यक्ति आज पार्टीले लिएको रकम फिर्ता नगर्दा सडकमा पुर्याउदै छन्। यस उपर बोल्ने की नबोल्ने ? देशमा ८० प्रतिशत जनता बैंक ऋनमा छन्। जनता सडकमा छन्। राष्ट्र बैंकका गभर्नर ब्याज घटाउने भन्दा नेताले मागेका, माफियाका अर्बौं अर्ब रुपैयां, भ्रष्टाचारबाट लुटेका धन कसरी बिदेश पठाउने, ब्यबस्थापन गर्ने भन्नेमै भ्याईनभ्याई छ। सरकार सुन्दैन कांग्रेसको कांध पाएको सरकार सत्ता र कुर्सी कसरी जोगाउने भन्नेमै ब्यस्त छ। यो यथार्थ कुरा कस्ले बुझने। त्यसैले गणतन्त्रको बिकल्प बाहेक अर्को उपाय छैन। पशुपतिनाथले जनताको रक्षा गरुन्।
जय नेपाल।
[लेखिका थापा नेपाली कांग्रेसको पूर्व सासंदसमेत हुनुहुन्छ।]