News Portal

आहा ! त्यो बेलाको दशै

गंगा बहादुर चन्द
४९९ पटक

खरले छाएको घर हुन्थ्यो, घर नजिक निबुवाको बोट हुन्थ्यो, निबुवालाई कोलमा पेलेर अमिलो पकाइन्थ्यो। बारिको डिलमा रोपेको केरा बोट मै पाक्दथ्यो। थाक्रा भरि मादल जत्रा काक्रा लहरै सुकाइन्थ्यो, पालिमाथि मकैका भुत्ताहरु झुन्डाइन्थ्यो। बारिभरि कोदो र खेतभरि धानका बाला झुल्दथे। पालिभरि लहरै पाकेका फर्सिहरु सुकाइन्थ्यो। आहा ! त्यो बेलाको दशै।

गोठभरि दुहुना भैसि, आगनभरि पाडापाडि हुन्थें, कतिपटक त पाडापाडिसंग लुकामारी समेत खेलिन्थ्यो। त्यो सम्झना अझै ताजा नै छ। दशैलाई भनेर एक बर्ष अगाडि नै घोर्ले खसि किनेर राखिन्थ्यो, त्यहि खसि लाइ घोडा बनाएर लडेको घाउ अझै छदैछ। लुगा सिलाउन दर्जीलाई घरघर पुग्न भ्याइ नभ्याइ हुन्थ्यो, सबैले एकै प्रकारका कपडा सिलाएर लाउदा को त्यो आनन्द ,,,,,,आहा त्यो पो दशै।

लाहुर गएका दाजुभाइ घर छुट्टिमा आउदाको इज्जत हुन्थ्यो, अझ ६ वटा ब्याट्री लाग्ने टेपरेकर्ड बजाउदै गाउघर डुल्दा चुनाब जितेको नेता जस्तै भुन्टाभुन्टिको लाइन हुन्थ्यो। पावर सकिएका ब्याट्रीहरु घोलेर घरका झ्याल र ढोकामा कलर लगाउदाको त्यो पल,,,,,,आहा ! त्यो पो हो दशै। बर्षमा एक पटक घर रंगाउन कमेरो र रातो माटो लिन लस्करै जादाको त्यो आनन्द,,,,,,,,।घटस्थापनादेखि टिकाको दिनसम्म बडाघरमा जम्मा भई नाचगान गर्दै एक आपसमा सद्भाव साट्दाको त्यो आनन्द,,,,,आहा ! त्यो पो दशै।

पहिलेको दशै र अहिलेको दशै,,,,,अहिलेको दशैमा न रंग छ न रौनक छ तर पनि मनभरि त्यहि दशैको छप छ,,,,,,अहिले आउदै गरेको दशैको शुभकामना।

गंगा बहादुर चन्द
सिम्ता-४ पिल्क, सुर्खेत
हाल: जाजरकोट।

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...