News Portal

सल्यानको सल्लिबजार भेरी नदी किनारमा बेवारिसे शव फेला

हिमालीसंचार संवाददाता
४२२ पटक

सल्लिबजार। सल्यानको पश्चिमी क्षेत्र बनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारस्थित भेरी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार बिहान भेरी नदीमा नुहाउन जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गहुँगोरो, दाह्रीजुँगा पालेको, रातो सेतो रङको चेकसर्ट लगाएको, खरानी रङको ट्रयाक लगाएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगेको र आवश्यक खोजतलास अघि बढाएको उनको भनाइ छ। – थाहाखबरबाट।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...