News Portal

छोराको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्न बाबाको अनुरोध

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३३१ पटक

असोज-२४, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका ८ स्थित फर्सडागी चोकमा बर्षौदेखि बस्दै आएका लालबहादुर चौधरीले आफ्नो १६ बर्षीय छोरा बचाई दिनका लागि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुसंग हारगुहार गरिरहेका छन । 

उनको १६ बर्षका छोरा राकेश चौधरी बिगत १६ बर्षीय छोराको मुटुमा प्वाल परेर बिरामी भएपछि ओछ्यानमा छटपटाई रहेका छन । उनलाई ४ बर्षको उमेरदेखि शरिरमा घाउको चोट लिएर बाँच्न बाध्य भएका छन । 

विस २०७३ सालमा सामान्य श्वासप्रश्वासमा समस्या हुन थालेपछि गाउँघरमा केही दिन उपचार गराए औषधी सेवन गरे। तर, उनलाई परिवर्तन नभएपछि उनले २०७३ सालमा काठमाडौ स्थित शहिद गागांलाल हृदयाघात अस्पतालमा उपचार गरे। त्यहाँका  डाक्टरहरुको सल्लाह अनुसार छोराको भिडियो एक्सरे गरेपछि छोराको मुटुमा प्वाल परेको रिपोर्ट आएपछि उनी छागाबाट झरेझै भएको उनले बताए ।  

उनले छोराको उपचारका लागि घरमा पालिरहेको  गाई, बाख्र र श्रीमती चन्दादेविले खाईनखाई गरेर जोडेका केही सुन र चाँदीको गरगहना समेत बेचबिखन गरेर छोराक उपचारमा खर्च गरे। तर, उनको स्वास्थ्यामा सुधार नभएको बुबा लालबहादुरले बताए। 

विगत १२ बर्षको अबधिमा छोराको रोग निको हुन्छ की भनेर दाजुभाई र आफन्तहरुसंग लिएको ऋणले समेत छोराको रोग निको भएन। अहिले १५ लाख भन्दा धेरै खर्च भई सकेको उनको भनाई छ। अहिले छोरो छटपटाई रहेका छन ।  

आर्थिक अभावका कारण छोराको उपचारमा थप समस्या भइरहेको हुनाले नगरपालिकामा जानकारी गराएपछि नगरले पनि एक पल्टको लागि ५ हजार रुपैयाँ सहयोग गऱ्यो। तर, औषधि समेत खुवानका लागि रकम नभएपछि गाउँघरमा समेत सहयोग गरेर छोरालाईलाई वचाई रहेको छु ।  

अब चन्दा माग गर्ने कुनै ठाउँ छैन। आफूसंग भएको सबै सक्यो अब कसरी छोरालाई औषधी किनेर खुवाउनु भन्दै देश बिदेशमा रहेका नेपाली दाजुभाइहरुलाई छोरा बचाई दिन आग्रह गरिरहेका छन । 

अहिले छोराको उपचार खर्च मासिक रुपमा चेक जाँच र औषधीको लागि मात्र १० हजार रुपैयाँसम्म लाग्ने गरेको बुबाले बताए। उनी कक्षा ५ अध्यरत गरिरहेको समयदेखि नै बिरामी भएपछि छोराले आफ्नो अध्ययनलाई समेत अगाडि बडाउन सकेन।

  

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...