News Portal

कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले बंगलादेशबाट सिक्नुपर्छ – सभापति राणा

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन्।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै राणाले सरकारले नीति बनाएर मात्रै हहुने भन्दै त्यसलाई प्रभावकारी ढंगले लागू गर्नेकुरामा सबैको इच्छाशक्ति हुनेपर्नेमा जोड दिईन्। उनले बैगलादेशको कृषि प्रणालीबाट नेपालले पनि केही सिक्नुपर्ने बताइन्।

सांसद राणासहितको एक टोली गत हप्ता बंगलादेश भ्रमणमा गएको थियो। उक्त भ्रमणमा धान उत्पादनबारे अनुगमण तथा भ्रमण भएको बताईएको छ। भ्रमण अध्ययनबारे उनले भनिन् ‘बङ्गलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफल गर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं। बंगलादेशमा कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्।’

देउवाले बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न गरेको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने बताइन्। उनले प्रधानमन्त्री, कृषि मन्त्रालयसहित सबै राजनीतिक दलहरुलाई कृषिमा आत्मनिर्भर बन्न राजनीतिक इच्छाशक्ति जगाउनुपर्ने बताइन्।

‘बंगलादेशबाट नेपालले धेरे कुरा सिक्नुसक्छ। समितिले त्यसका लागि सरकारलाई सकारात्मक दवाव दिनेछ,’ उनले भनिन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...