News Portal

राज्य आतंक कहिलेसम्म ?

कमला थापा
५०२ पटक

मानव कल्याणका लागि “देश जनता, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति” जोगाउ भनेर लागेका दुर्गा प्रसाईले हिजो २०८० असोज २२ गते होटल एलोपकोडामा पत्रकार सम्मेलन गरेर निस्कदै गाडिमा बसिसकेको मानिसलाई केही जत्थाले नमस्कार दुर्गा दाई भन्दै गएर गाडीको सिसा खोलेर नमस्कार फर्काउदै गर्दा प्रसाईमाथी कालो भरेको लोला फ्याकेर कालो लगाईयो। लोला हान्ने समुहले त्यहाँ नाराबाजी पनि गरेको देखियो माफिया दुर्गा प्रसाई मुर्दाबाद, यसलाई फासि दिनुपर्छ भन्दै नारा लगाए।

उक्त पत्रकार संम्मेलनमा नेपालमा आफ्नो पुर्खाहरु १४०/५० बर्ष देखी बसोबास गर्दै आएका बास्तबिक नेपाली मारवाडीहरुले पनि दुर्गाजीको गरिव जनता बचाउ अभियानलाई स्वागत गर्दै तपाईको यो अभियानमा हामीहरु पनि साथमा छौं। बाहिरबाट आएका केही मारवाडी समुदायहरुले यो‌ देशनै कब्जा गरिसकेको, त्यस्ताहरुबाट मारवाडीहरुनै बढी ठगिएको गुनासो पनि राखे।

जुन अराजक जत्थाले कालो फ्याक्यो उनिहरु त्यहाँ पत्रकारहरुलाई ब्यबस्था गरियको खाजा खाएर निस्किएका थिए। त्यो कालो मोसोको ठाउमा एसिड, भएको भए, पेस्तोल भएको भए दुर्गालाई के हुन्थ्यो ?

दुर्गालाई हमला गर्नेहरु भोली आफै पनि असुरक्षित नहोलान् भन्न सकिन्न, जो उनिहरुलेनै सिकाएका छन्। आज २१ औं सताब्दीमा गांस, बास र कपास खोज्दै ऋण र कालाबजारीहरु, मिटर ब्याजी, बैंकको अराजक ब्याजका कारण पिडित जनताको आवाज बनेर जनता, भूंई मान्छे जोगाउने अभियान लिएर आए उनलाई आज राज्य शक्तिनै लागेर हतोत्साही गर्न खोजियो, त्यो अतिनै निन्दनीय, अराजक र घृणित कार्य हो। यसलाई जति भत्सर्ना गरे पनि पुग्दैन।

एउटा उद्दोगपती, मेडिकल कलेज संन्चालक नेपालको सच्चा सपुत माथिको हमला सैह्य कुरा होईन। एउटा प्रश्न मलाई हाम्रा दुई नेताहरुलाई सोध्न मन लाग्यो यदि दुर्गा प्रसाई माफिया थिए भने त्यस्तो माफिया कहां गएर मार्सी चामलको भात खाएर उनको गुणगान किन‌ गर्नु भयो ? माफियालाई बढावा दिने, पाल्ने त तपाईहरु नै भएको पुष्टि हुदैन ? र अर्को बास्तबिक जड कुरा छ, दुर्गा झापाका प्रतिष्ठित ब्यक्ति हुन्, तपाईहरुले उहांलाई प्रस्ता राख्नु भएको रहेछ। तपाईको मेडिकल कलेजमा हामी दुईलाई पनि पार्टनर बनाउनु होस भनेर‌ मार्सी भात खाँदै प्रस्ताब गर्नु भएको‌ कुरा के त्यो झुट हो ? कतै उनले तपाईहरुलाई पार्टनर नबनाएकोले त उनलाई आज लखेट्न लगाउनु भएको‌ हैन ? तपाईहरुको कालो धनलाई सेतो बनाउन उनको सहयोग नपाएर त हैन ? आज जनताको औला तपाईहरुप्रति तेर्सिन्छ। जवाफ छ ?

आफ्नो हातमा राज्य शक्ति भएको सान देखाएर एउटा भूईं मान्छेहरुको भरोसा, साहाराको आवाज बनेर जनतालाई न्याय दिलाउन अगाडी बढेको मानिसलाई तपाईहरुले तर्साउन खोज्दैमा के अब दुर्गा प्रसाई‌ मुसाको दुलो खोज्दै लुक्लान र ? यो तपाईहरुको भ्रम हो। उनी जस्तो निहत्था हिड्ने ताकत छ ? उनलाई तपाईहरुले बेचेर पनि नसिद्विएका जनता अझै यो देशमा डेढ करोड छन् तिनको साथ र सहयोग उनलाई अबस्य छ र हुने छ।

आवाज बिहिनहरुको आवाज हुन् दुर्गा‌ प्रसाई देश, जनता, राष्ट्र, राष्टि्यता, धर्म संस्कृति जोगाउन अगाडी बढेका हुन् प्रसाईं। सानोतिनो हावाहुरीले उडाउन सक्दैन समृद्ध नेपाल सुखी जनता बनाउने जिम्मा दुर्गामा छ। यो जिम्मेवारी साथ र सुरक्षित साथ अगाडी बढनुहोस साथ सहयोग सबैको रहनेछ। सत्यको विजय सम्भब छ। असम्भव हुदैन, लोकतन्त्र गणतन्त्रको दुहाई दिने, वाक स्वतन्त्रता, लेख्न बोल्न, शान्तिपूर्ण आन्दोलन लोकतन्त्रले दिएको अधिकार पाएका छौं भन्नेहरुले सोच्न जरुरी छ। पार्टीहरुले आफुलाई सच्याउन जरुरी छ। देश पार्टीहरुले चलाउने हो तर, भ्रष्टहरु पालेर होईन। हामी सबैको साथ र सहयोग रहन्छ। बाकीं दुर्गा भवानी र पशुपतिनाथले रक्षा गर्नु हुन्छ।
जय नेपाल।

[लेखिका थापा नेपाली कांग्रेसको पूर्वसांसदसमेत हुनुहुन्छ।]

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...