News Portal

  • शक्ति राष्ट्रहरुको त्रिपक्षीय भिडन्तमा नेपाल

    कमला थापा
    ३३९ पटक
    काठमाण्डौं

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ४ दिने कार्यक्रममा भाग लिएर अमेरिकाबाटै साता ब्यापी भ्रमणका लागि चीन जानु भयो। जानिफकारहरुको भनाई छ, उहां स्वदेश फर्किएर जानुपर्ने थियो। तर त्यस्तो भएन, स्वदेश फर्केपछि जान पाउने विश्वास नभयर पनि हुन सक्छ। राज्यको प्रमुख जिम्मेवारी समालेको ब्यक्तिले यति लामो समय बाहिर बस्नु त्यो राम्रो होईन। देशमा भएका अनगिन्ती समस्या, दैनिक उत्पन्न हुनसक्ने खतरा त्यसको पूर्ण जिम्मेवारी राज्य प्रमुखको हुने भएकोले असोजको ४ गते प्रस्तान गर्नु भएको प्रधानमन्त्री असोजको १३ गते मात्र फर्कनुभयो।

    स्वदेश फर्कदै उहांले भन्नुभयो चिनले आफुलाई भब्य स्वागत गर्यो, जो अहिलेसम्म कुनै नेतालाई गरेको थिएन धेरै राम्रो भयो, हाम्रो प्रधानमन्त्रीले स्वागत पाउनु हाम्रो गर्भको कुरा हो। अहिले नेपालको राजनितीमा शक्ति राष्टहरुको त्रिपक्षीय भीडन्त भएको छ। जस्तो:-
    अमेरिकाको- Economic Diplomacy (आर्थिक कुटनिती) इण्डियाको-political Diplomacy (राजनैतिक कुटनिती) चाईनाको- people Diplomacy (जन पक्षिय कुटनिती) त्यसमा नेपालको राजनितिलाई तपाई र केही अन्य पार्टीले मिलेर भित्र्याउनु भयको छ। त्यसैलाई काउन्टर दिनको लागि चिनले तपाईको भब्य स्वागत गरेर दुई देशलाई देखाएको हुनसक्छ। त्यो चिनको Silences Diplomacy (शान्त कुटनिती) हो भन्दा फरक नपर्ला। जहां नेपालले MCC, र spp पास गर्यो त्यस्को जवाफ पनि नहोला भन्न सकिन्न। एकत चाईनिजहरु हामी जस्तै “अतिथी देबोभव” मा आस्था राख्दछन्, त्यस्तो कुटनीतिलाई बुझन नसक्नु, सि जिन पिनले आफु भन्दा पनि मलाई ठुलो माने भनेर ठान्नु, आत्मरतिमा रमाउनु, राजनितिक दुरदर्शिताको कमी हो त्यो आफैले बुझने र सोचनिय कुरा हो। यस्तो स्वागत बिगतमा राजा श्री ५ बिरेन्द्र शाहलाई राजाको वंशविनासको अघिल्लो साल अगष्ट १५ को गणतन्त्र दिवसमा इण्डियाले प्रमुख अतिथि बनाएर पछिल्लो साल राजपरिवारको वंश विनास भयो। त्यस्तै पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतका प्रधानमन्त्री मनमोहन सिंहले बिमान स्थलमा आफै स्वागतमा उपस्थित भएर भब्य स्वागत गरेका थिए। अन्तर्राष्ट्रिय जगतले बेलाबेलामा यस्तो गर्ने गर्छ। पछिल्ला दिनमा असहयोग गरेको उदाहरण प्रचण्ड स्वयम हुनुहुन्छ। उतैको निर्देशनमा उहालाई राष्ट्पतीमा सहयोग गर्नु भएन आज आफुलाई पस्चाताप भएको कुरा बोल्दै हुनुहुन्छ। दोर्याउनु पर्दैन यो राजनितिक खेल हो ।‌

    प्रधानमन्त्री प्रचण्डको छोरी, जम्बो मन्त्रिमण्डल टोलीको खर्च मात्र ७२ करोड चानचुनको खर्च आएको छ। देशको बैदेशिक ऋण मात्र २३ खर्ब ५५ करोड लगभग छ। बैंकमा कुल रकम ५ अर्ब भन्दा बढी बचत छ नयां ऋण लिन जाने ब्यक्ति छैनन्, पुराना ऋणीहरुलाई महिनाको ब्याज तिर्न बाँकी हुदां बैंकहरुले दशैंलगायत चाडवाडको मुखमा धरपकडको ज्यादती गर्दै लिलामको पत्र थमाउदै छ। यो उच्च घराना बैंकर्सहरुको एउटा समुहले गर्दै छ। त्यसमा जति आवाज उठाएपनी राज्य र राष्ट्र बैंकको गभर्नरको ध्यान जाँदैन यसमा सरकारको निर्देशन नहोला भन्न सकिन्न राज्य यस्तो जनताप्रति निर्मम तरिकाले उत्रेको छ। यस्ता कुरालाई गौण राख्दै केहि नेताहरु राष्ट्रबादका खोक्रा नारा दिन्छन् देश भनेको भूगोल मात्र हैन जनता बिनाको देश देश हुदैन भन्ने बिर्सिएको छ। जहां नगरिक बलिया हुन्छन् त्यो देश मात्र बलियो हुन्छ यी सबै कुरा बुझ्ने केवल राजसंस्था मात्र थियो। जो अहिले छैन जनताले निरर्कुस राजसंस्था मात्र नचाहेको हो, संबैधानिक राजसंस्था नचाहेको होईन।

    अब कुरा गरौं आन्तरिक राजनितिको, हाम्रो राजनीति दिनपरदिन निरासामा जादैछ। आसा गर्नु पर्ने ठांउ देखिदैन। बैदेशिक हस्तक्षेपका कारण नजिकको सुन्दर देश अफगानिस्तान आज कस्तो हालतमा पुग्यो हामी नपुगौंला भन्ने छैन। एक हप्ताको चिन भ्रमणबाट फर्किदै गर्दा दशैको मुखैमा जनताको दैनिक उपभोग्य वस्तुहरुको मूल्य बृद्धि आकासियको छ। एसियामै नभयको ग्यासको मुल्य नेपालमा मात्र कसरी बढाइयो ? प्रतिलिटर तिन सयका दरले र प्रतिलिटर ३ सय ट्याक्स कुन आधारमा लगाईयो ? भारतको गुनासो छ, भारतबाट सस्तोमा लगेर हाम्रो चुनाब आउदै गरेको समयमा किन गरियो ? यो नेपालले भारतलाई असहयोग गर्न खोजेको त को हैन ? उनिहरुको गुनासो छ।

    त्यस्तै आन्तरिक पार्टि कलहले पार्टीहरु कमजोर बन्दै जांदा केन्द्रदेखिको झगडा गुट जिल्ला, क्षेत्र, हुदै गाउँ, वडा-वडामा पुगिसक्यो। कम्निस्ट पार्टीहरुमा एमालेमा कम होला त्यहाँ ओलीको एकछत्र नेतृत्व देखिन्छ। माओबादीमा असन्तुष्टहरु गैसके जो प्रचण्डको समुह छ त्यस्मा भित्रभित्रै उकुसमुकुस भए पनि बाहिर बोल्न सकेका छैनन्, तर नेपाली कांग्रेसमा गुटैगुटको राजनीतिले संगठन सकिसकेको छ। वडा-वडासम्मको गुटबन्दीले कांग्रेस,कांग्रेस बिच भिडन्त गरायर आफ्नो दुनो सोझ्याउने स्वार्थिहरुले नेपाली कांग्रेस छिन्भिन्नको अबस्थामा पुर्याई सके, प्रतेक पांच बर्षमा अधिबेशन आउदा गुटगुटको प्रतिस्पर्धा हुदां एकले अर्कोलाई ओडाबाटै हराउने खेलमा बर्तमान नेत्रित्वको गुट लागेको हुन्छ, जो संग पैसा शक्तिको आड छ। इतर पक्षलाई भितैसम्म पुर्याउन खोज्दा कांग्रेस बिनास तर्फ मात्र नभै अबसानको बाटो लाग्दै छ। महाधिबेसनमा पार्टिको झोला बोक्न रुचाउने हामी झोले कार्यकर्ताहरु आफ्नै पार्टीले गरेको गल्तीलाई टुलुटुलु हेरेर बस्ने बाध्यताले अबत ब्यक्तिका झोला बोक्नेमा परिणत भैसक्यौं, यो पनि चेत आएको छैन। यस्तो लडाई केन्द्रले समाधान गर्न सक्ने स्थिति देखिदैन। झोले बन्न नरुचाउने सदस्यहरुको अस्तित्व पार्टीलाई स्वूकार्य छैन।

    नेपाली कांग्रेसको इतर पक्क्षले गरेको पार्टि रुपान्तरणको कार्यक्रममा अग्रज नेता अर्जुननरसिंह केसीले दिनु भएको अभिब्यक्ति कति मार्मिक छ। त्यस्तै, मा. डा. शुनील शर्मा सार्वजनिक रुपमै भन्दै हुनुहुन्छ, सुन काण्ड, नक्कली भुटानी प्रकरणलाई दवाउन खोज्ने र मलाई पक्राउने एउटै तत्व हो, यी नेता हुन की पसु हुन्, यिनिहरुमा धर्म, बिवेक छैन ? भन्दै धेरै गुनासो गर्दै यस्तासंग आफु नडराउने यस्ताका बिरुद्ध सधै लडने र आफु जनताको साथमा रहेको बताउनु हुन्छ।

    यो सबै देशलाई धर्मनिरपेक्षतामा लगेका कारणले हो। सबै देशको आ-आफ्नो धर्म हुन्छ, धर्मले संकृति जोगाउछ, संस्कृतिले सभ्यता र सम्यम्ता र सभ्य समाजको निर्माण गर्दै जनजनलाई मिलेर बस्ने, जोडने काम गर्छ, त्यस्तो संस्कृति भएको हाम्रो समाज आज डरलाग्दो अबस्थामा जांदैछ। यसरी हामी कहां पुग्दैछौं। गन्तब्यबिहिन राजनितिले सबै लिलाम गरिसक्यो, अब कुन दिन देशै लिलाम गरेर भाग्ने हुन्, त्यो दिन धेरै टाढा छैन पशुपतिनाथले रक्षागरुन।
    जय नेपाल।

    (लेखिका थापा पूर्व सासंद समेत हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal