News Portal

कात्तिक ७ गतेको दशै टीकाको उत्तम साइत बिहान ११:०२ बजे

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौँ – यो पटकको दशैको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैको टिकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले मंगलबार  दशैको शुभसाइत सार्वजनिक गरेको हो । समितिका अनुसार दशै टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको सार्वजनिक गरेका हुन् ।

यस वर्षको दशैको सुरुवात असोज २८ गते आइतबार हुने छ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको समेत जानकारी दिएका हुन्। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

त्यस्तै, कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ः२४ बजे शुभ रहेको पनीको समितिले जनाएको छ । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिले उल्लेख गरेका छन् । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको समेत समितिले उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...