News Portal

  • पर्वत जीप दुर्घटनाः दुई जना अझै भेटिएनन्, ३ जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो

    हिमालीसंचार संवाददाता
    २९२ पटक

    तस्बिर: रोशन तिवारी

    पर्वत। पर्वतको कुश्मास्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका ३ जनामध्ये दुई जना अझै भेटिएका छैनन्। तीन जनाकै सनाखत भने भएको छ।

    शव फेला परेको तिलोत्तमा नगरपालिका वडा नं. ९ का गोपालप्रसाद बस्यालको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३, नौडाँडा घर भएका विजय भन्ने माधव पौडेल र बाग्लुङको ताराखोला ३ का डम्बरबहादुर थापा अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले गण्डकन्यूजलाई जानकारी दिए।

    डिएसपी भुसालका अनुसार घटनालगत्तै खोजी कार्य सुरु गरिएकोमा हिजै जीप टुक्रा टुक्रा अवस्थामा मोदीखोला दोभानसम्म छरिएको अवस्थामा भेटिएको थियो। गोपाल बस्यालको शव हिजै भेटिएको थियो। रातभरी खोजी गर्दा पनि अरुको अवस्था पत्ता नलागेको र बिहानैदेखि पुनः खोजीकार्य जारी राखेको हो।

    प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर घटनास्थल लैजाँदै गरेको पनि उनले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ।

    चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन्। उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन्। चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन्। जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन्। गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको उनले बताएका छन्। चालक प्रहरी नियन्त्रणमा छन् भने उनी विरुद्ध यात्रुका परिवारले जाहेरी दिएका छन्।

    बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो। पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले जीपलाई बगाएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...