News Portal

पर्वत जीप दुर्घटनाः दुई जना अझै भेटिएनन्, ३ जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो

हिमालीसंचार संवाददाता
३४८ पटक

तस्बिर: रोशन तिवारी

पर्वत। पर्वतको कुश्मास्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका ३ जनामध्ये दुई जना अझै भेटिएका छैनन्। तीन जनाकै सनाखत भने भएको छ।

शव फेला परेको तिलोत्तमा नगरपालिका वडा नं. ९ का गोपालप्रसाद बस्यालको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३, नौडाँडा घर भएका विजय भन्ने माधव पौडेल र बाग्लुङको ताराखोला ३ का डम्बरबहादुर थापा अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले गण्डकन्यूजलाई जानकारी दिए।

डिएसपी भुसालका अनुसार घटनालगत्तै खोजी कार्य सुरु गरिएकोमा हिजै जीप टुक्रा टुक्रा अवस्थामा मोदीखोला दोभानसम्म छरिएको अवस्थामा भेटिएको थियो। गोपाल बस्यालको शव हिजै भेटिएको थियो। रातभरी खोजी गर्दा पनि अरुको अवस्था पत्ता नलागेको र बिहानैदेखि पुनः खोजीकार्य जारी राखेको हो।

प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर घटनास्थल लैजाँदै गरेको पनि उनले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ।

चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन्। उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन्। चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन्। जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन्। गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको उनले बताएका छन्। चालक प्रहरी नियन्त्रणमा छन् भने उनी विरुद्ध यात्रुका परिवारले जाहेरी दिएका छन्।

बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो। पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले जीपलाई बगाएको हो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...