News Portal

पाचन प्रणालीका अंगमा देखिने क्यान्सरबाट कसरी जोगिने? ग्याष्ट्रो सर्जन डा. नारायणप्रसाद बेलबासे

हिमालीसंचार संवाददाता
३८२ पटक

कुनै पनि क्यान्सरको सुरूआती लक्षण थाहा पाएर उपचार गर्न सकियो भने निको हुन्छ।त्यसलाई लापरबाही गरियो भने त्यसले ज्यान समेत लिन्छ।

खासगरी हामीले खाना नलीदेखि आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा र मलद्वारको क्यान्सरलाई हेरेका हुन्छौं। पित्तथैली, प्यानक्रियाज, कलेजो लगायतका अंगको क्यान्सरलाई समेत हामीले हेर्छौं।

खाना नलीको क्यान्सर प्राय:जसो ५०\६० वर्षको उमेर कटेका मान्छेलाई हुन्छ। चुरोट, रक्सी, सुपारी धेरै खानेहरूलाई क्यान्सर हुन्छ। खाना नरूच्ने, तौल घट्दै गयो भने क्यान्सर भयो कि भनेर बुझ्नुपर्छ। खाना खान साथ अड्किने समस्या भयो भने समेत खाना नलीको क्यान्सर भयो कि भनेर बुझ्नुपर्छ। यसको लागि इण्डोस्कोपी, सिटी स्क्यान लगायतका परीक्षण गर्नुपर्छ।

आमाशयमा क्यान्सर पनि ५०\६० वर्ष कटेपछि हुने खतरा हुन्छ। तर परिवारमा ५० वर्षभन्दा सानो उमेरमा कसैलाई क्यान्सर भएको थियो भने त्यस्ता व्यक्ति अलि सजक हुनुपर्छ। आमाशयमा क्यान्सर भयो भने ग्याष्ट्रिकको जस्तै लक्षण देखिन्छ। एसिडको मात्रा बढी भएर र नभइकन पनि आमाशयको क्यान्सर हुन सक्छ। खाना खाएपछि उल्टी हुने, कालो दिसा आउने हुन्छ।

सानो आन्द्राको क्यान्सर भयो भने सुरूमा जण्डिस देखिने र यो बढ्दै जाने हुन्छ। अत्यधिक चिलाउने, खाना नरूच्ने लगायतका समस्या हुन्छ। तौल कम हुने र खाना नरूच्ने त सबै खाले क्यान्सरका लक्षण हुन्।

ठूलो आन्द्रामा भएका सानो घाउहरू आठ\दस वर्ष रह्यो भने पनि क्यान्सरको सम्भावना धेरै हुन्छ। ठूलो आन्द्रामा क्यान्सर भएको सुरूमा केही थाहा हुँदैन। त्यसले अलि जटिल रूप लिँदै गएपछि मात्रै थाहा हुन्छ। ठूलो आन्द्राको क्यान्सर भयो भने शल्यक्रिया गरेर निकाल्नुपर्छ।

पित्तथैलीको क्यान्सर नेपालमा जटिल बन्दै गएको छ। विश्वमै नेपाल छैठौं स्थानमा छ। यसमा क्यान्सर भयो भने धेरै अंगलाई असर गर्न सक्छ। त्यसैले समय\समयमा भिडियो एक्सरे गर्नुपर्छ। यसको सम्बन्ध पित्तथैलीको पत्थरीसँग समेत जोडिएको छ। त्यसैले पित्तथैलीमा पत्थरी छ भने त्यसलाई लामो समय राख्नु हुँदैन।

कलेजोको क्यान्सर पनि जटिल समस्या बनिरहेको छ। रक्सी धेरै खानेहरूलाई कलेजोको क्यान्सरको जोखिम हुन्छ। रक्सी सकेसम्म नखाएकै राम्रो हो। हेपटाइटिस बि र हेपटाइटिस सी’को पनि बेलैमा उपचार गराउनुपर्छ।

(पाचन प्रणाली अन्तर्गतका अंगहरूमा हुने क्यान्सर र यसको उपचारबारे भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत ग्याष्ट्रो सर्जन (पेट रोग विशेषज्ञ) डा.नारायणप्रसाद बेलबासेसँग विशेष कुराकानीमा आधारित सम्बाद 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...