News Portal

  • गणतन्त्रको अन्तिम राष्ट्रपति नै रामचन्द्र पौडेल हुन सक्छन

    कर्ण बहादुर अधिकारी
    २१६ पटक

    नुवाकोट। २४० बर्षीय राजतन्त्रको समाप्तिसंगै उदयमान भएको गणतन्त्र नेपाल १७ बर्ष पार नगर्दै लरबराउन थाली सकेको छ। गणतान्त्रिक ब्यबस्था नराम्रो पक्कै होईन तर यो संस्था हाक्ने कुपात्रहरूकै कारण गणतन्त्र धरापमा परी सकेको छ।

    २४० बर्षको अबधिमा राजाहरूले गरेको खर्चको तुलनामा गणतन्त्रका मसियाहरूले गणतन्त्रको १७ बर्षे अबधिमा खर्बौ रूपैया भ्रष्ट्राचार गरी सकेका छन्। जनता नै जनार्दन हुन भन्ने कुरा सबै भुलेर आफू मात्रै कसरी सम्पन्न बन्ने कोशिशमा छन यी गणतन्त्रका मसियाँहरू। यी गणतन्त्रका मसियाँहरूलाई हिजो राजतन्त्र अन्त्येका लागि जीवनको आहुँती दिने ती सहिदहरूको आत्माले पोल्ने छ। यस देशमा कुनै पनि राजनिति दलहरूको निति छैन, नियम छैन, सबै अबसरबादीको झुण्ड हुन।

    कसरी सरकारमा जाने र आफ्नो र आफन्तको भूडि कसरी भर्न सकिन्छ भन्ने मात्र ध्यान छ। हिजोका दिनमा डडेलधुरा, झापा, ईलामलगायतका देशका बिभिन्न जिल्लाहरूबाट चप्पल पड्काउदै काठमाण्डौं छिरेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बनेका नेता हुँ भन्नेहरूको काठमाण्डौंमा ४/५ वटा आलिसान महल, बिभिन्न ब्राण्डका करोडौ रूपैया पर्ने कार अनि बिभिन्न कम्पनिहरूका शेयर धनी कसरी बने भन्ने बिषयमा बुझी ल्याउदा यिनीहरूले देश लुटेर नै धनी भएकोमा दुई मत नै रहेन।

    एउटा हात्ति पाली रहेको हामी नेपाली जनताले सयौं हात्ती पाल्नु पर्दा मर्माहित भएका छौ तर बिबशता यसको भागिदार तपाई र म जस्तै नेपाली नागरीक पनि हो भन्दा फरक नपर्ला। हिजो राजाको पालामा मित्र राष्ट्रहरूले हेर्ने दृष्ट्रिकोण र आज गणतन्त्र आए पछि नेपाललाई हेर्ने दृष्ट्रिकोण आकाश जमिन नै फरक छ। सार्बभौम सम्पन्न देश नेपाल माथि आज बैदेशिक हस्तक्षेप हुँदा दु:ख लागेर आउँछ।

    नेपाल नेपाल नै नरहने अबस्थामा पुराई सके। सरकारी सम्पतिलाई ब्यक्तिको नाममा ल्याउने यहि चोर नेता,सुन तस्कर गर्ने यहि चोर नेता अनि मानव बेच्ने यहि चोर नेता भए पछि यो ब्यबस्थालाई म कसरी सहि भनु। नेपाली नागरीकलाई भुटानी बनाएर अमेरीकालाई बेच्ने दलालहरूलाई जति नै गाली गरे पनि पुग्दैन। नेपालमा राष्ट्रपतिय प्रणाली सुरू भए पश्चात कति भए राष्ट्रपति अनि यिनले के गरे देश र जनतालाई ? आज देशमा संघीयता लागु भए पश्चात बनेका प्रदेशका पूर्ब मुख्यमन्त्रीहरूलाई ८५ करोडमा भैसेपाटीमा किन आलिसान महल बनाईयो। के यसरी राष्ट्रिय बजेटबाट यसरी भवन बितरण गर्न मिल्छ ?

    दुर दराजमा जनता सिटामोल खान नपाएर मरीरहेका छन्। लामखुट्टे नियन्त्रण गर्न नसक्दा डेंगु लागेर मरी रहेका छन् अब तपाई नै भन्नु होस यो निकम्मा ब्यबस्था कसका लागि ? कोरनाको कहरमा समेत भ्रष्ट्राचार गर्न छाडेनन् यी नेता भन्नेहरूले। देशमा रहेको कलकारखाना बेची खाने यी दलालहरू नै होईनन र ! अनि अहिले सामाजिक संजालमा आगो फैलिएसरी फैलिईरहेको बिभिन्न काण्डहरूलाई हेर्ने हो भने यो ब्यबस्था नै असफल भई सक्यो। जनताको सुरक्षा खोई ?बिकास निर्माण किन द्रुत गतिमा हुन सकेन ? नेपालमा रहेका मेडिकल कलेजहरू किन भटाभट बन्द हुँदैछ ? अध्यनका लागि भनेर भाईबहिनीहरूलाई बिदेशै पठाईरहने हो भने एक दिन नेपालमा १२ पछि पढ्ने भाईबहिनीहरू औलामा गन्न सकिने छ।

    युवा जनशक्ति दैनिक १५ सय देखि २ हजारको आसपासमा नेपाल यअरपोर्टबाट बिदेशीनु पक्कै राम्रो सकेत होईन। युवा जनशक्ति बिदेश अनि ६० कटेका बृद्धहरू नेपाल रहे पछि कसरी हुन्छ देशको बिकाश ? यी नेता भनौदाहरूले बुझ्नु पर्ने होईन र ? आज देश धर्म निरीपेक्ष भएपछि धर्मकै नाममा धर्म युद्ध सुरू हुने अबस्थामा छ। आङकाजी शेर्पा जस्ता देश र जनता भडुबा दलालहरूकै कुरा पत्याएर एक आपसमा बिबाद गर्ने तपाई र म कस्तो ? गाई र गोरू काटेर खान्छौ भन्ने हरू र काट्न दिन्न भन्नेहरूको बिबाद देखि हाल्नु भो धरानमा यस्तै कुरालाई मल जल गर्ने नै यो गणतन्त्रको मसियाँहरू होईन र ? अब देशमा गणतन्त्रको बिकल्पबारे नेपाली जनताले सोच्नेबेला आईसकेको छ।

    राजतन्त्रमा बोल्न पाईएन भनेर वाक स्वतन्त्रताको लागि गणतन्त्र ल्याउनेहरूलाई एउटै प्रश्न बोलेर मात्रै खाली पेट भरीन्छ र महाशय ? आज देशमा राष्ट्रपति हुनु हुन्छ के राष्ट्रपतिले जनता र देशका लागि हित हुने केहि काम गरे त ? गरे त केवल भारतीयहरूलाई नागरीकता बाड्नका लागि नागरीकता बिध्ययक पास गरे। हिजोका दिन १४ लाख भारतीयहरूलाई नागरीकता बेच्ने गिरीजा बाबु होईनन र ? यस्ता देशद्रोहि काम गर्नेहरूको जमात छ गणतन्त्रमा। तसर्थ सयौं हात्तीहरू पाल्नु भन्दा एउटै हात्ती पाल्नु बेश हो भन्ने मानसिकता बोकीसके नेपाली जनताले। गणतान्त्रिक ब्यबस्था ठीक भए पनि यी ब्यबस्था हाक्नेहरूकै कारण रामचन्द्र पौडेल नै नेपालको अन्तिम राष्ट्रपति हुन सक्छन।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal