News Portal

गोसाईकुण्ड जाने सबैभन्दा छोटो र सरल पदमार्ग, अब काठमाडौंबाट १२ घण्टामै पुगिन्छ गोसाईकुण्ड

हिमालीसंचार संवाददाता
१०९६ पटक

काठमाडौं – नेपालको चर्चित र महत्वको साथ हेरीएको धार्मिक एवं पर्यटकीय तिर्थधाम गोसाइँकुण्ड समुद्री सतहदेखि करिब ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ।

एतिहासिक धार्मिक मान्यता अनुरुप राक्षसहरू र देवताहरूले समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुगेको धार्मिक मान्यता रहेको छ।                                               

त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेटि त्यही जलले बनेको पोखरीमा शिव-शंकर भगवान विराजमान भएको किमदन्ति रहेको छ । यस पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याध समेत हट्ने जनविश्वस ररेको छ।                                    कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जीवनमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहि आएको छ । 

दशहरामा १० दिन र जनै पूर्णिमामा ५ दिन गरी बर्ष भरीमा जम्मा १५ दिन मेला लाग्दछ । पहिले गोसाई कुण्ड पदयात्रा गरेर गरेर पुग्न ४ दिन लाग्थ्यो भने अब काठमाण्डौबाट १२ घण्टामा नै पुग्न सकिने भएको छ ।                                              

गोसाइँकुण्ड जान रसुवा सदरमुकाम धुन्चे लगायत ठाउँबाट पनि जान सकिन्छ तर अहिले काठमाडौं सामाखुशीबाट नुवाकोटको शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै उत्तरी साइटमा रहेको दुप्चेश्वर गाउँपालिकाबाट पनि गोसाइँकुण्ड पुग्न सकिन्छ ।                

गोसाइँकुण्डको यात्रा र गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि गत वर्ष नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले निर्माण गरेको पदमार्ग सञ्चालनमा आए संगै अहिले सहज भएको हो।

काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका पुग्न सडक मार्गबाट साढे दुई घण्टा लाग्छ । पालिकाबाट साढे दुई घण्टामा वडा नम्बर एक घ्याङफेदीको तालु कसेरी पुग्न सकिन्छ । कसेरीबाट ४ घण्टामा फेदी पुगिन्छ भने फेदीबाट ४ घण्टामा सूर्यकुण्ड पुगिन्छ ।                                             सूर्य कुण्ड नुवाकोट जिल्लाकै सबैभन्दा अग्लो भूभागमा पर्दछ । 

सूर्य कुण्डबाट पदयात्रामा ४५ मिनेटमा गोसाइँकुण्ड पुग्न सकिन्छ ।यसरी मार्ग खुलेपछि  पाहाडी मार्गमा कुद्ने ब्यबसायिक गाडीहरू लिएर ध्याङ फेदी सम्म पुग्न सकिने छ। ठूला सवारी साधनहरू जान नसके पनि हालका लागि ९ सिटर सुमो स्कार्पियोहरूबाट यात्रा गर्न सकिने छ ।

त्यस्तै, सडक मार्गलाई मध्य नजर राख्दै शिवपुरी यातायात प्रालिले बिगतका बर्षहरूदेखि नै सेवा गर्दै प्रवाह गर्दै रहेको छ। तसर्थ यस बर्ष पनि पर्यटकलाई लक्षित गरी २३ वटा साना ठुला गाडीहरू उक्त रुढका लागि तयारी अबस्थामा रहेको शिव पुरी यातायात प्रालिका अध्यक्ष प्रलाद थापाले जानकारी दिए।                                       

शिवपुरी यातायात प्रालिले अब गोसाईकुण्ड तिर्थ यात्रा गर्नु हुने भक्तदन-तिर्थयात्रीहरूको सेवाको लागि शामाखुशीदेखि  घ्याङ फेदीसम्म सेवा दिने भएको छ। 

शिवपुरी यातायात प्रालिका आधिकारिक सम्पर्क नम्बरमा सम्पर्क गरी आवश्यक थप जानकारी लिन सक्नु हुने छ।9851163026,9851235713,9841314000,9742446157

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...