News Portal

एलिना चौहान र खेम सेन्चुरीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

हिमालीसंचार संवाददाता
३८९ पटक

कुवेत सिटी। लुम्बिनी समाज नेपाल कुवेतद्वरा आयोजित ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३ ´सांस्कृतिक कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी गायिका एलिना चौहान र लोकप्रिय गायक खेम सेन्चुरी। कुबेतको समय अनुसार मध्याह्न १२:३० बजे कुवेत आईपुगेको छ।

अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँहरुको स्वागतार्थको लागि आयोजक लुम्बिनी समाज नेपाल कुवेत परिवार कुवेतमा कृयाशील नेपाली संस्थाका प्रतिनिधिहरु, पत्रकार साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने, आगमनमा वहाँहरुलाई पुष्पगुच्चा दिई र खादा दोसल्ला ओढाई बिमानस्थलमा भब्य स्वागत गरेका छन्।

 

पर्सि ११ तारिख शुक्रवारको दिन कुवेतस्थित इन्डियन सेन्ट्रल स्कुल जिलिबको हलमा आयोजना गर्न लागेको मेगा म्युजिक शो २०२३ कार्यक्रमको लागि कुबेतमा क्रियाशील नेपाली संघसंस्था, पत्रकार, कलाकार, बुद्धिजिवी, समाजसेवी, तथा सम्पूर्णमा निमन्त्रणा गरिसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको थप जानकारी :-

आयोजक : लुम्बिनी समाज नेपाल कुवेत
मिति : अगस्त ११ शुक्रवार २०२३
स्थान : इन्डियन सेन्ट्रल स्कुल जिलिब कुवेत।

 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...