News Portal

हेटौंडाबाट प्रहरीले समात्यो प्रतिवन्धित औषधि

युवा राई
३२३ पटक

हेटौंडा। मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ।

बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँतर्फ कागज लिएर जाँदै गरेको कन्टेनर भित्र लुकाई लगिएको प्रतिवन्धित औषधि र कपडा बरामद गरेर सार्वजनिक गरेको हो।

प्रहरीले बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबहाक कन्टेनरबाट १४ लाख ४६ हजार बराबरको कपडा, प्रतिवन्धित ट्रामाडोल औषधि ७ कार्टुन र म्याद गुज्रिएको मल्टी भिटामिन बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले जानकारी दिए।

सशस्त्र प्रहरीले दश लाख २६ हजार बराबरको ५१३ थान कुर्था, एक लाख २० हजार मुल्य बराबरको ३० थान पाइन्ट, तीन लाख मुल्य बराबरको दुईसय थान टि–र्सट बरामद गरेको हो।

त्यस्तै, प्रहरीले प्रतिवन्धित औषधि ट्रामाडोल एक लाख ३१ हजार ७६० ट्याव्लेट र म्याद गुज्रिएको १५० वटा महरिच मल्टिभिटामिन बरामद गरेर सार्वजनिक गरेको छ।

सशस्त्र प्रहरीले कन्टेनरसहित चालक काँभ्रे देउपुर नगरपालिका–९ मण्डन बस्ने अन्दाजी ५० बर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...