News Portal

  • भ्रष्टाचारको संन्जाल र दण्डहीनताको डरलाग्दो अबस्था !

    कमला थापा
    ५०० पटक

    काठमाण्डौ। देशमा भ्रष्टाचार महांरोगको रुपमा बिकसित हुंदै जानु भनेको डरलाग्दो अबस्था हो। यस्ले देशलाई कहाँ पुर्याउदै छ। राज्य संन्चालनका संपूर्ण निकायहरु भ्रष्टाचार जस्तो जघन्य, संगठित अपराधमा संलग्न भएर राष्ट्र नै खोक्रो बनाउनुलाई राष्ट्रघाती कार्यबाहेक अर्को भन्न सकिदैन। एकपछि अर्को यस्ता अपराधहरु सबै राजनीतिक संरक्षणको आड र सेटिङमा चल्नु, यसले राजनैतिक दलहरूको चरित्र उदाङ्गो बनाएको छ, राजनैतिक दल भित्रका कतिपय नेताहरु राम्राे चरित्र नभएका होइनन् तर तिनीहरुलाई पर्टिको नेतृत्वले बहुमतको आधारमा ओझेलमा परेको अबस्था छ। केही नयां पुस्ताको नेतृत्व गर्छु भन्नेहरुले पनि रचनात्मक तरिकाले पार्टीभित्र मौलाउदै गएको गलत प्रवृतिलाई रोक्ने, बदल्ने, सुधारात्मक सुझाव, योजनाहरु र राष्ट्रिय मुद्दाहरुमा बहस उठाउन सकेको देखिएन, ब्यक्तिप्रतिको असन्तुष्टि पोख्ने थलो मात्र बनाईनुले पार्टिका महत्वपूर्ण बैठकहरु निष्प्रभावित भएको देखिन्छ। संसदको हालत त्यस्तै छ। पार्टीमा नेतृत्व परिवर्तनको बैधानिक प्रकृया हुन्छ, अधिवेशन हुदैगर्दा आफु मात्र बिजयी हुन खोज्ने आफ्नो टिम लिडरलाई धोखा दिने अनी बेमौसममा नेतृत्व बदल्छु, बदलेरै छाड्छु भन्नुको कुनै तुक हुदैन। अहिले केही ठुला पार्टीभित्र यस्तै बहस भएको देखिन्छ। जबर्जस्ती बिधान बिपरित तरीकाले नेत्रित्व बदल्छु भन्नु, नेतृत्वमा पुग्ने महत्वाकांक्षा देखाउनुले नेतृत्वलाई झनै तानाशाही बन्न मद्दत पुर्याउने छ।

    देशमा एकपछि अर्काे भ्रष्टाचारका घटनाहरू बाहिर आइरहेका छन्। पहिला देखिनै यस्ता घटनाहरुका बारेमा समाचार आउने गरेका हुन्, समाचार माध्यम, सामाजिक संजाल, जानिफकारहरुबाट तर जति सरकार आएपनी यस्ता जघन्य प्रकृतिका अपराधको बिषयमा सरकार गम्भीरनै भएन, बरु राजनीतिक दल, सरकार, केही बरिष्ठ कर्मचारीहरुको मिलेमतोमा यस्ता काण्डहरु मौलाउदै गए, भ्रष्टाचारको संन्जाल यति मौलाउदै गयो जस्मा राष्ट्रिय, अन्तराष्ट्रिय अपराधिक गिरोहहरुको सकृयता बढदै गयको देखिन्छ।

    रास्ट्र, राष्टि्यता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अभियन्ता “दुर्गा प्रसाई”ले भने जस्तो देश १० जना नेता र ५५ जना ब्यापारीहरुले सिध्याईसके भनेको कुरा पुष्टि भएको देखिन्छ। यो डरलाग्दो अबस्था हो।

    भर्खरै मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चेकजाँच भएर बाहिर आइसकेको एककून्टल सुन सडकबाट समातियो। यस्ले हाम्रो भन्सार भित्र कस्तो चेकजाँच हुदोरहेछ भन्ने कुरालाई प्रष्ट्याएको मात्र नभै नेता, कर्मचारीहरुको सेटिङमा ठूल्ठूला भ्रष्ट्राचार, संगठित अपराध मौलाएको देखिन्छ। यस्ता अपराधहरु सत्ताको बागडोर सम्हालेका बिशिष्ट ब्यक्तिहरुको संरक्षण बिना हुन सक्ने सम्भावनानै हुदैन, यसको जांचपरताल अपराधको जरैसम्म पुगेर गर्नै पर्छ। अहिले सिंगो सरकारको भन्दा पनि गृहमन्त्री नारणकाजी श्रेष्ठको विशेष साहसिक कदम देखिएको छ। उनी कुनै पनि हालतमा यसलाई बिचमा छोडने पक्षमा देखिएका छैनन् तर त्यहा पनि उनिलाई सजिलो अबस्य हुने देखिदैन, एक त यो सरकार गठबन्धनको कमजोर अल्पसंख्यक सरकार हो। ठूलो पार्टनरले साथ छोडेको अबस्थामा ढल्न सक्छ। त्यस्तो प्रयास जोडतोडका साथ चलिनै रहेको देखिन्छ।

    यसको अनुसन्धान, छानबिन गहिरिदै जादां कस्ता-कस्ता ब्यक्तिहरुको संलग्नता देखिने हो, खुल्दै जाला। माफियाहरुसंग मिलेर खाईपाई आएको रहस्य खुल्ला भन्ने डरले त्राहिमाम भएको बुझन गाह्राे नपर्ला, राजीनामा माग्नुको रहस्यनै त्यसैमा जोडिएको छ। चुनाबका बेला सुशासनको नारा दिएर आएका पार्टीहरु निर्वाचनमा केही उमेदवारले गरेको खर्च १० देखी १५ करोड कसरी सम्भव भयो ? यस्तै सेटिङमा गरिएको भ्रष्टाचार, नेताहरुको शैयन कक्षसम्म माफियाहरुको खुला प्रबेशबाट पुष्टि हुन्छ।

    अहिले केही सांसद, प्रतिपक्षले गृहमन्त्रीको राजिनामा माग्दै संसद अबरुद्ध गरेको छ। एमालेको यो नानिदेखी लागेको बानी हो, ०४८ सालदेखी रेलिङ भाच्दै ५७ दिन संसद चल्न नदिएको चरित्रमा सुधार आउन जरुरी छ। त्यस्तै एमालेले उच्चस्तरीय छानबिन समिती गठनको माग गरेको छ। समिति बनाउनु भनेको अहिले हुदै गरेको काममा अबरोध गर्नु नै हो।

    पार्टिका पुराना योग्य कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई बर्षौबर्ष भेट नपाएको गुनासो आईरहदा, कार्यकर्ताहरुले बिभिन्न माध्यमबाट अबगत नगराएका होईनन् तर ती तिरस्कृत भैई नै रहे, संगठित अपराधबाट प्राप्त रकमले नेताहरुको जिवनशैलीमा आएको परिवर्तन मानव वेचविखन, तस्करहरुबाट प्राप्त रकम रहेछ भन्ने बुझ्न गाह्राे नहोला। अहिले हुदै गरेको अनुसन्धानमा बाधा पुर्याउन खोज्नुको रहस्य नहोला भन्न‌ सकिदैन। यहि ११ महिनामा मात्र १७ सय क्विन्टल सुन आएको र त्यसलाई पगाल्दा ५ सय क्विन्टल नम्बरी सुन भएको समाचार आईरहदा यसले देशलाई कहाँ पुर्याउदै छ ? नेपाल त अन्तर्राष्ट्रिय तस्कर अपराधिक माफियाहरुको सुरक्षित केन्द्र (हब) भएको देखिन्छ। यो देशको बेइज्जत हो। यसमा सरकारले यो वा उ मेरो पार्टिको भन्ने हेरेर यसलाई बिषययान्तर गर्न पट्टी कुनै हालतमा नलागोस जनताको खवरदारी यसमा छ। रास्ट्र, राष्टि्यता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अभियन्ता “दुर्गा प्रसाई”ले भने जस्तो देश १० जना नेता र ५५ जना ब्यापारीहरुले सिध्याईसके भनेको कुरा पुष्टि भएको देखिन्छ। यो डरलाग्दो अबस्था हो।

    अहिले केही सांसद, प्रतिपक्षले गृहमन्त्रीको राजिनामा माग्दै संसद अबरुद्ध गरेको छ। एमालेको यो नानिदेखी लागेको बानी हो, ०४८ सालदेखी रेलिङ भाच्दै ५७ दिन संसद चल्न नदिएको चरित्रमा सुधार आउन जरुरी छ। त्यस्तै एमालेले उच्चस्तरीय छानबिन समिती गठनको माग गरेको छ। समिति बनाउनु भनेको अहिले हुदै गरेको काममा अबरोध गर्नु नै हो। हिजो त बिग्रिएको काम जती दरवारलाई दोष लगाउने सजिलो तरिका थियो, अहिले गणतन्त्रमा त्यो अबसर छैन, त्यसैले देश र जनता प्रति उत्तरदायी हुदै शक्तिमा रहेकाहरु नै प्रमुख जिम्मेवार हुनुपर्ने भएकोले दलहरु जिम्मेवार हुन जरुरी छ, बेला न कुबेला राजिनामा मागिनुलाई राम्रो मान्न सकिने कुरा होईन, यसले त प्रतिपक्षको नियत माथि नै शंका उत्पन्न गराउँछ। भ्रष्टाचारका फाईलहरु बन्द गराउने उद्देश्यले राजिनामा मागिएको हो भन्ने कुरा बुझ्न गाह्राे नपर्ला, राजिनामा माग्ने पनि घटनाको प्रकृति हेरेर हुन्छ तर काम गर्दा गर्दै राजिनामा माग्नु भनेको आफ्ना अपराध लुकाउनु हो। राजीनामालाई यती सस्तो बनाउनु हुँदैन जसले गर्दा साच्चै राजिनामा माग्ने स्थिति परिआउँदा हल्का रुपमा हेरियोस, परिस्थितिको गम्भीरतालाई सांसदहरुले बुझ्नु जरुरी देखिन्छ।
    जय नेपाल।

    (लेखिका थापा पूर्वसांसद समेत हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal