News Portal

कुवेतमा भिम क्याटरिङमा कार्यरत कामदारलाई परोपकारी समाज कुवेत र ग्लोबल एनआरएनए कुवेतद्वारा राहत सामग्री वितरण

हिमालीसंचार संवाददाता
५७३ पटक

कुवेत– कुवेतमा भिम क्याटरिङमा कार्यरत करिब २५० जना नेपाली दाजुभाईहरुलाई कम्पनीले विगत ९ महिना देखी तलब सुविधा केही पनि नदिएको अवस्था रहेको छ। नेपाली दूतावास कुवेतलाई यसबारे राम्रो जानकारी छ। तर पनि लामाे समय हुदा पनि समस्याको समाधान भने भएकाे छैन।

त्यसै कम्पनीमा काम गर्ने एक जना कामदारले बताए। पछिल्लो समय खानाको लागि समेत समस्या परेपछि उनीहरुले सार्वजनिक रुपमै  सामाजिक संजालमा आफूहरुलाई कम्पनीले खाना  ३ दिनमा एक पटक दिएकाे भनेर पोस्ट गरेका थिए।नेपाली परोपकारी समाज कुवेत र ग्लोबल एनआरएनए कुवेतको संयुक्त टिम मिलेर केही राहत सामाग्री वितरण गरेको छ।

 

अहिलेसम्म तलब नपाउनु खानाको लागि पनि व्यवस्था नहुनु एउटा विडम्बना देखिन्छ।ग्लोवल एनआरएनए कुवेत र परोपकारी समाजले केही दिनको लागि खान त दिए तर समस्याको समाधान भने हल भएकाे छैन।यस विषयमा नेपाली दूतावास कुवेत गम्भीर हुनु आवश्यकता देखिन्छ।
श्रमिकहरूको समस्या यति लामो समयसम्म पनि समाधान नहुदा श्रमिकहरु अन्यौलमा छन। नेपाली दूतावास कुवेतले कहिलेसम्म याे समस्या समाधान गर्ला त? सोही कम्पनीमा काम गर्ने एक श्रमिकले रुँदै भने मलाई नेपाल जाने व्यवस्था भएपनि हुनेथियाे भनेर भने।

पछिल्लो समय कुबेतमा मझौला कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरूको अवस्था गम्भीर रहेको छ। स्वदेशमा रोजगारी नपाएपछि विदेशमा गएर रोजगारी गरेर परिवारकाे लागि अाएका श्रमिकहरु समयमा नै तलब नपाउदा खाना बस्न समेत जटिल भएपछि कुन बाटाे रोज्ने भनेर सोच्न थालेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...