News Portal

कुवेतमा भिम क्याटरिङमा कार्यरत कामदारलाई परोपकारी समाज कुवेत र ग्लोबल एनआरएनए कुवेतद्वारा राहत सामग्री वितरण

हिमालीसंचार संवाददाता
६०२ पटक

कुवेत– कुवेतमा भिम क्याटरिङमा कार्यरत करिब २५० जना नेपाली दाजुभाईहरुलाई कम्पनीले विगत ९ महिना देखी तलब सुविधा केही पनि नदिएको अवस्था रहेको छ। नेपाली दूतावास कुवेतलाई यसबारे राम्रो जानकारी छ। तर पनि लामाे समय हुदा पनि समस्याको समाधान भने भएकाे छैन।

त्यसै कम्पनीमा काम गर्ने एक जना कामदारले बताए। पछिल्लो समय खानाको लागि समेत समस्या परेपछि उनीहरुले सार्वजनिक रुपमै  सामाजिक संजालमा आफूहरुलाई कम्पनीले खाना  ३ दिनमा एक पटक दिएकाे भनेर पोस्ट गरेका थिए।नेपाली परोपकारी समाज कुवेत र ग्लोबल एनआरएनए कुवेतको संयुक्त टिम मिलेर केही राहत सामाग्री वितरण गरेको छ।

 

अहिलेसम्म तलब नपाउनु खानाको लागि पनि व्यवस्था नहुनु एउटा विडम्बना देखिन्छ।ग्लोवल एनआरएनए कुवेत र परोपकारी समाजले केही दिनको लागि खान त दिए तर समस्याको समाधान भने हल भएकाे छैन।यस विषयमा नेपाली दूतावास कुवेत गम्भीर हुनु आवश्यकता देखिन्छ।
श्रमिकहरूको समस्या यति लामो समयसम्म पनि समाधान नहुदा श्रमिकहरु अन्यौलमा छन। नेपाली दूतावास कुवेतले कहिलेसम्म याे समस्या समाधान गर्ला त? सोही कम्पनीमा काम गर्ने एक श्रमिकले रुँदै भने मलाई नेपाल जाने व्यवस्था भएपनि हुनेथियाे भनेर भने।

पछिल्लो समय कुबेतमा मझौला कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरूको अवस्था गम्भीर रहेको छ। स्वदेशमा रोजगारी नपाएपछि विदेशमा गएर रोजगारी गरेर परिवारकाे लागि अाएका श्रमिकहरु समयमा नै तलब नपाउदा खाना बस्न समेत जटिल भएपछि कुन बाटाे रोज्ने भनेर सोच्न थालेका छन्।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...