News Portal

  • एनआरएनए मकाउको अध्यक्षमा श्रेष्ठ, युवाँ उपाध्यक्षमा सुरेशसिह सुनार निर्वाचित

    प्रथम, द्वितिय उपाध्यक्षमा थापा र खड्का, महासचिवमा अमृत गुरुङ निर्विरोध

    हिमालीसंचार संवाददाता
    ७४६ पटक

    मकाउ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउको आठौं अधिवेशनद्वारा आगामी कार्यकाल २०२३-०२५ का लागी अध्यक्षमा भिमशेन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उहाँको नेतृत्व तथा अध्यक्षता रहने गरी उक्त समितीको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितिय उपाध्यक्ष निरञ्जन खड्का, युवाँ उपाध्यक्षमा सुरेशसिह सुनार निर्विरोध निर्वाचित हुनुभएको छ।

    महासचिवमा अमृत गुरुङ, सचिवद्धयमा रविन्द्र महर्जन र धिरेन्द्र सिटौला, कोषाध्यक्षमा दिपक तामाङ, सह-कोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल र महिला संयोजकमा सञ्जु नगरकोटी निर्वाचित भएका छन्।

    कार्यसमिति सदस्यमा क्रमशः सचिन कपाली, दिलिप खड्का, हर्क जंग गुरुङ, सन्दिप पनेरु , मणी गुरुङ, डिल्ली बहादुर खड्का, सम्झना भुसाल, अमृत ​​गौतम, सन्तोष रिजाल र सुमन तामाङ निर्वाचित भए।

    शुक्रवार भएको अधिवेसनमा प्रमुख निर्वाचन आयुक्त युवराज न्यौपानेले श्रेष्ठ नेतृत्वको कार्यसमितीलाई निर्विरोध घोषणा गर्नुभएको थियो। नेपाली महावाणिज्य दुतावास हङकङ मकाउँका वाणिज्यदुत उदयबहादुर राना मगरले अधिवेशनको उद्‌घाटन गर्नुभएको थियो।

    साथै उहाँले मकाउँमा नेपालको पर्यटनमा प्रर्बद्धन र समस्त गैर-आवासीय नेपालीहरु एक-आपसमा मिलेर एक ढिक्का भई अगाडी बढ्नेमा जोड दिनुपर्ने बताउनुभयो।

    एनआरएनए मकाउँका संरक्षक तथा Brotherhood Association Macau का President बम लिम्बु, एनआरएनए मकाउँका संरक्षक तथा सल्लाहकार  बिकेन जोशी, एनआरएनए मकाउँका संरक्षक तथा Macau Nepalese Bodybuilding & Fitness Association का President Kingston Baba (Lei wai san) श्रीजन, एनआरएनए अभियान्ता तथा Laligurans Association Hongkong का President चेतन गुरुङ, Vice – President बिशाल गुरुङ, NRNA-ICC महिला सचिव टिका गुरुङ, एनआरएनए एशिया प्याशिफिक महिला संयोजक तथा एनआरएनए मकाउँका पूर्वअध्यक्ष शान्तीदेवी अधिकारीलगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा व्यक्तित्वहरुले नव-निर्वाचित एनआरएनए मकाउको नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्नुभएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...