News Portal

  • स्वास्थ्यमन्त्री बस्नेत र राजदूतद्वारा एनआरएनए युकेको कार्यक्रम वहिष्कार

    हिमालीसंचार संवाददाता
    २७१ पटक

    लन्डन। एनआरएनए युकेको सुनिलबाबु खड्का समूहले आइतबार अल्डरसटमा गरेको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथी बोलाइएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अवैधानिक संस्थामा सहभागी हुन आफ्नो विवेकले नदिने भन्दै वहिष्कार गरिदिएका हुन्। विशेष अतिथी भनेर निम्त्याइएका राजदूत ज्ञानचन्द्र आचार्य पनि उक्त कार्यक्रममा गएनन्।

    एनआरएनए अध्यक्ष कुल आचार्यले कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री बस्नेतसंग रोइकराइ गरेपनि मन्त्री बस्नेत कार्यक्रममा अनुपस्थित रहे। ‘म आफैं पनि जनताबाट अनुमोदित भएर आएको मान्छे हुं। मलाई टिके प्रथामा पटक्कै विश्वास छैन्’, मन्त्रीको भनाइ उधृत गर्दै एक स्थानीय कांग्रेस नेताले भने, ‘मन्त्रीज्यू आउने भनेर निकै हल्ला गरिएको थियो। पोष्टर पम्पलेट छापेर पनि बांडियो तर उहां (मन्त्री) जान मान्नुभएन। मन्त्री र राजदूतले नै वहिष्कार गरेपछि कार्यक्रम झण्डै ३ घण्टा ढिला शुरु हुन पुग्यो।’

    सुनिलबाबुको कार्यक्रममा नगएका मन्त्री बस्नेत सांझ भने अल्डरसटमै नेपाली जनसम्पर्क समिति बेलायतको कार्यक्रममा गएर अध्यक्ष प्रेम गाहामगरलाई ‘तपाईं आधिकारिक अध्यक्ष हो’ भन्दै सम्मान गरेका थिए। उक्त कार्यक्रममा मन्त्री बस्नेत प्रमुख अतिथी र गाहामगर विशेष अतिथीका रुपमा उपस्थित भएका थिए।

    यसअघि बेलायतस्थित युवाहरुले जननिर्वाचित अध्यक्ष प्रेम गाहामगरबाहेक अन्य अवैधानिक समूहले गर्ने कार्यक्रममा मन्त्री वा राजदूत गए कालो झण्डा देखाइने चेतावनी दिएका थिए। मुठभेड हुने सम्भावना भएर पनि मन्त्री बस्नेत र राजदूत आचार्य कार्यक्रममा नगएको बुझिएको छ।

    उपाध्यक्ष सुनिलबाबु खड्काले बन्द कोठाभित्र अध्यक्षको टिका लगाएपछि उनलाई नेपाली समुदायले कुनै पनि कार्यक्रममा निम्तो पठाउने गरेको छैन्।

    उता, जनअनुमोदित अध्यक्ष प्रेम गाहामगरलाई भने सार्वजनिक कार्यक्रममा जान भ्याइनभ्याइ छ। उनले २२ जुलाईमा आधिकारिक महाधिवेशन गर्दैछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि...

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...