News Portal

दित्या इन्टरनेशनल मेनपावरबाट मलेशिया पुगेका तीन दर्जन श्रमिक अलपत्र

हिमालीसंचार संवाददाता
३२६ पटक

मलेशिया। स्वदेशमा रोजगारीको अभावले वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीको संख्या दिनानुदिन बढ्दो छ। नेपालबाट वैदेशिक रोजगारीको लागि मलेशिया पुगेका तीन दर्जन नेपाली श्रमिक अलपत्र परेका छन्।

काठमाडौंको सिनामंगलस्थित दित्या इन्टरनेशनल मेनपावरमार्फत मलेशिया पुगेका करिब ३ दर्जन नेपाली कामदारहरु बिगत ५० दिनदेखि अलपत्र परेका हुन्।

बिना न्युनतम पारिश्रमिक मात्रै होइन राशन खर्च समेत उपलब्ध नगराएको र अत्यन्तै पीडादायी अवस्थामा रहेकोे जानकारी संम्बन्धित मेनपावर संचालक सन्ध्याकुमारी बोहरालाई जानकारी गराइए पनि मेनपावर सञ्चालकले कुनै पहल गरेका छैनन्।

कामदारहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्न पटकपटक पहल गरेपनि मेनपावरले चासो नदिएको नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव समर्पण भट्टराईले डिसीनेपाललाई जानकारी दिए।

अलपत्र श्रमिकको उद्धार गर्ने बारेमा बारम्बार मेनपावरमा जानकारी गराउँदा पनि मेनपावर सञ्चालकले कुनै पहल नगरेको महासचिव भट्टराईले बताए।

मेनपावर संचालक सन्ध्याकुमारी बोहराले यो समस्याको बारेमा सम्पर्क गर्दा कुनै पनि प्रतिक्रिया दिन चाहिनन्। मेनपावर एक व्यवासाय हो आफ्नो व्यवसायप्रति समस्या र प्रश्न उठेपछि नैतिकताको हिसाबले जवाफदेही बन्नुपर्ने उनको दायित्व हो।

तर, चुपचाप बसेकी उनी नेपाली श्रमजीवी नागरिकलाई शोषण गर्न सक्रिय दलालको रूपमा रहेको प्रष्ट हुन्छ।

उक्त मेनपावरले नेपाल सरकार र मलेशिया सरकार बीच भएको फ्री भिसा फ्री टिकटको सम्झौता बिपरित कामदारसँग जनही दुई लाख ८० हजार रुपैयाँ लिएर मलेशिया पुर्‍याएर अलपत्र पारेको कामदारहरुले नेपाली मजदुर एकता समाजलाई बताएका छन्।

पीडित कामदारहरुको न्याय र उद्वारका लागि नेपाल सरकार वैदेशिक रोजगार विभाग मलेशियास्थित रहेको नेपाली राजदुतासलगायत संबंधित निकायसँग सहकार्य गरि सम्बन्धित मेनपावरलाई कानुनी दायरामा ल्याएर छाड्ने नेपाली मजदुर एकता समाजका महासचिव भट्टराईले प्रतिवद्धता जनाए।

यदि समयमै कामदारको समस्या मेनपावरले समाधान नगरे नेपाली श्रमिकको हकहितका लागि जस्तोसुकै चुनौती मोल्न पनि तयार रहेको उनले चेतावनी दिए।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...