News Portal

दित्या इन्टरनेशनल मेनपावरबाट मलेशिया पुगेका तीन दर्जन श्रमिक अलपत्र

हिमालीसंचार संवाददाता
३९२ पटक

मलेशिया। स्वदेशमा रोजगारीको अभावले वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीको संख्या दिनानुदिन बढ्दो छ। नेपालबाट वैदेशिक रोजगारीको लागि मलेशिया पुगेका तीन दर्जन नेपाली श्रमिक अलपत्र परेका छन्।

काठमाडौंको सिनामंगलस्थित दित्या इन्टरनेशनल मेनपावरमार्फत मलेशिया पुगेका करिब ३ दर्जन नेपाली कामदारहरु बिगत ५० दिनदेखि अलपत्र परेका हुन्।

बिना न्युनतम पारिश्रमिक मात्रै होइन राशन खर्च समेत उपलब्ध नगराएको र अत्यन्तै पीडादायी अवस्थामा रहेकोे जानकारी संम्बन्धित मेनपावर संचालक सन्ध्याकुमारी बोहरालाई जानकारी गराइए पनि मेनपावर सञ्चालकले कुनै पहल गरेका छैनन्।

कामदारहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्न पटकपटक पहल गरेपनि मेनपावरले चासो नदिएको नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव समर्पण भट्टराईले डिसीनेपाललाई जानकारी दिए।

अलपत्र श्रमिकको उद्धार गर्ने बारेमा बारम्बार मेनपावरमा जानकारी गराउँदा पनि मेनपावर सञ्चालकले कुनै पहल नगरेको महासचिव भट्टराईले बताए।

मेनपावर संचालक सन्ध्याकुमारी बोहराले यो समस्याको बारेमा सम्पर्क गर्दा कुनै पनि प्रतिक्रिया दिन चाहिनन्। मेनपावर एक व्यवासाय हो आफ्नो व्यवसायप्रति समस्या र प्रश्न उठेपछि नैतिकताको हिसाबले जवाफदेही बन्नुपर्ने उनको दायित्व हो।

तर, चुपचाप बसेकी उनी नेपाली श्रमजीवी नागरिकलाई शोषण गर्न सक्रिय दलालको रूपमा रहेको प्रष्ट हुन्छ।

उक्त मेनपावरले नेपाल सरकार र मलेशिया सरकार बीच भएको फ्री भिसा फ्री टिकटको सम्झौता बिपरित कामदारसँग जनही दुई लाख ८० हजार रुपैयाँ लिएर मलेशिया पुर्‍याएर अलपत्र पारेको कामदारहरुले नेपाली मजदुर एकता समाजलाई बताएका छन्।

पीडित कामदारहरुको न्याय र उद्वारका लागि नेपाल सरकार वैदेशिक रोजगार विभाग मलेशियास्थित रहेको नेपाली राजदुतासलगायत संबंधित निकायसँग सहकार्य गरि सम्बन्धित मेनपावरलाई कानुनी दायरामा ल्याएर छाड्ने नेपाली मजदुर एकता समाजका महासचिव भट्टराईले प्रतिवद्धता जनाए।

यदि समयमै कामदारको समस्या मेनपावरले समाधान नगरे नेपाली श्रमिकको हकहितका लागि जस्तोसुकै चुनौती मोल्न पनि तयार रहेको उनले चेतावनी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...