News Portal

फिदिममा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

राधा लुइँटेल
३४२ पटक

फिदिम। पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। ज्यान गुमाउनेमा फिदिम–६ का ५५ वर्षीया हरिमाया तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

त्यस्तै, दुर्घटनामा परी घाइते हुनेमा फिदिम–६ का वसन्ती लिम्बू, सन्देश लिम्बू र फिदिम–७ का कुशल लिम्बू र चालक दीपक लिम्बू हुनुहुन्छ। दुर्घटनामा घाइते भएकी हरिमायालाई उपचारार्थ पाँचथर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले सिवाबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१००१स ८७०५ नम्बरको टेम्फो फिदिम नगरपालिका–१ समर्पित अस्पताल नजिकै दुर्घटनामा परेको बताउनुभयो।

गम्भीर घाइते तुम्रोकको पाँचथर अस्पताल तथा बाँकी ४ जनाको समर्पित अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...