News Portal

  • गैर आवसीय नेपाली संघ : नेपालीका लागि नेपाली, श्रमिकको पहुच र जिम्वेवारी

    शंकर पौडेल
    ४८९ पटक

    कुवेत। जब जब हामी बिभिन्न कारणहरुले देशलाई छोडि बिदेशिने निर्णयमा पुग्छौ। जस्तो “अध्यायन, श्रम, व्यवसाय” जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ। प्रदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज, छिमेक रहँदैन त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपालीका लागी नेपाली भन्ने मर्ममा रहेर गैर आवासीय नेपाली संघ आज भन्दा करिब २० वर्ष पहिले (११ देखि १४ अक्टुबर २००३) मा विश्व सम्मेलन आयोजना गरी जन्म भएको संस्था हो।

    उक्त समय नेपाल सरकार, नेपाल उद्योग बाणिज्य संघ र गैर आवासीय नेपालीहरुको साथ सहयोग र समर्थनमा डा. उपेन्द्र महतोले उक्त संस्थाको नेतृत्व गरेका थिए। यस संस्थाको उद्देश्य संसारभर छरिएर रहेका नेपालीहरूको नेपालसँग पुलको काम गर्नु हो। नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप र आर्जन गरेको साधन र श्रोतबाट गैर आवसीय नेपाली नागरिकको ज्ञान, सिप, प्रविधि र पूजीको परिचालन गरी नेपालको विकासमा टेवा पुराउने उद्देश्य राख्दछ ।

    तथापी मध्यपूर्वमा रहेर काम गर्ने नेपालीहरु गैर आवसीय नेपाली नभएता पनि गैर आवसीय नेपाली संघमा संगठित भएर प्रभावकारि ढङ्गले श्रमिकको हक हित र उद्धारको लागि परिचालित भएको देखिन्छ। देशमा हुने प्राकृतिक बिपत्तिमा गैर आवासीय नेपाली संघले हरेक बर्ष राहत सामाग्रि हस्तान्त्रण गरेको उदाहरण प्रस्तस्त छन्।

    हामिलाई थाहा छ, मध्यपूर्वका बिभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिकहरु बिभिन्न समस्याहरुबाट पिल्सियका छन। तमाम श्रमिकका समस्याहरुलाई समाधान गर्न पबित्र उदेश्यका साथ नेपाल सरकार परराष्ट्र निकाय संग समन्वयन गरि समाधानमा प्रभावकारि भुमिका निर्वाह गर्नुपर्दछ । त्यसको लागि संस्थामा जोडिने पात्र र तिनका प्रबृतिको सहि अध्यायन गरि नेपालीका लागि नेपाली भन्ने मर्माअनुसार नेपालीका लागी नेपाली समस्याका कारण बन्ने ब्यक्तिहरु लाई निषेध गर्नु पर्दछ।

    यसअर्थमा संस्था सुद्धिकरण को आवस्यकता देखिन्छ। गैर आवसीय नेपाली संघ गैर राजनैतिक संस्था हो, जसले नेपालको विभिन्न “भाषा धर्म संस्कृति”लाई समेटि संगठित गर्दै आइरहेको छ। मध्यपूर्वका बिभिन्न देशहरुमा अहिले नेपाली कामदार को संङ्ख्या दिनानुदिन बड्दै गइरहेको छ। त्यसमा कुवेत अझ रोजगारीको लागि आकर्सण गन्तव्य बन्दै छ भने अर्को तर्फ समस्याहरु बिकराल छन ति समस्याहरुको व्यवस्थापन र न्युनिकरणको लागि कुवेतको लागि अभिभावक संस्था गैर आवसिय नेपाली संघ माथि जिम्मेवारीको पहाड अनगिन्ति छ।

    नेपाली श्रमिक न्युन तलवमा त्यसमाथि साहुको ऋणमाथि ठुलो रकम मेनपावरलाई बुझाउनु पर्ने बाध्यता आँखा अगाडि छर्लङ् छ। जसको कारण छोटो समयमा धेरै धन कमाउने उदेश्यका कारण कैयैा नेपाली अबैधानिक काम गर्ने र गराउनेमा गिरोहहरु सक्रिय रहेको सर्वबिदित नै छ। कुवेतको कानुनले अबैधानिक मानेका बस्तु उत्पादन,बितरण नगर्न कुवेतमा कार्यरत आम नेपालीहरु माझ अन्तरकृया गरि न्युनिकरण गर्न रचनात्मक भुमिका र्निवाह गर्नुपर्ने देखिन्छ। रोजगारि क्षेत्रका माफिया, बिचैालियाका कारण अति न्युन तलव, कम्पनिको अवस्था बारे केहि नबुझि श्रम सझैाता गरि नेपालको बड्दो बेरोजगारिको फाइदा उठाइरहेका छन। त्यस्ता खाले ब्यक्ति र संस्था पहिचान गरि सुधार गर्न श्रमिक र राजदूतावास बिच (bridge) पुलको भुमिका खेलेमा श्रमिकको पहुच NRNA मार्फत दूताबाससम्म सहजै पुग्नेछ।

    कुवेतको श्रम बजारको अर्को समस्या घरेलु कामदार हो। नेपाल सरकारले घरेलु कामदारमा कुवेत आउन दिदैन तथापि नेपाललि चेलिबेटि घरको गरिवि ढाक्नको लागि अवैधानिक बाटो हुँदै कुवेत आउनु को कारण सरकारि निकायमा उनिहरुको तथ्याङ्क नरहने हुँदा बिभिन्न समस्या पर्दा उद्धार गर्न कठिन देखियको छ। त्यसको लागि कि बैधानिक तवरले श्रमको लागि ढोका खुल्ला गर्ने अन्यथा सरकारी अनुगमन दरिलो र प्रभावकारि बनाएमा कुवेतमा हुने समस्याहरु कम हुनेछन्। त्यसको लागि पनि अब बन्ने गैर आवसीय नेपाली संघ कुवेतको अभिभावकत्व रहन्छ।

    हरेक संघ संस्थाको कार्य समाप्तिमा समिक्षा हुन्छ नै त्यस्तैगरि गैर आवसीय नेपाली संघ कुवेत बिगतमा नेपालमा हुने प्राकृतिक बिपत्तिमा राहत सहयोग, कुवेतमा रहने श्रमिकका समस्याहरुमा उद्धार, सहयोग गर्न ठुलो भुमिका निर्वाह गर्यो। अब बन्ने नँया टिम उस्तै सिर्जनशिल बनेमा कुवेतमा कार्यरत नेपाली श्रमिकले अभिभावकत्व महुसुस गर्ने छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...