News Portal

  • भुत, वर्तमान र भविष्यको चिन्ता

    सुजन कडेल
    ४८९ पटक

    धादिङ। विगत भनेकाे भुत हाे। भुतले तर्साउनु सक्छ तर भुतलाई जित्न सक्नु पर्दछ। भुतले वर्तमानलाई केही असर गर्न हुन्न भन्ने कुरामा म ढुक्क छु। तर बारम्बार मनमा भुतकाे घटनाले घर जमाएर बसेकाे देख्दा अलिअलि डर भने पक्कै रहेको छ।

    धादिङ। साँझकाे समय रहेकाे छ। शहरकाे हर चाेक र गल्लीमा झिलिमिली बत्ती बलेका छन्। आफ्नाे काम सकेर घर फर्कनेकाे ताँती लस्करै देख्न सकिन्छ। नजिकै आएर साइकलमा व्यापार गर्ने एक व्यापारी आँप लिनुहाेस्, केरा लिनुहाेस् भन्दै चिच्याइरहेका छन्। उनकाे आफ्नै बाध्यता छ।

    आकाशमा धुम्म बादल लागेकाे छ। बर्षाकाे सम्भावना रहेकाे यसबेला छिट्टै समय कटिरहेकाे आभाष हुन्छ। याे समय धेरै बेर टिक्दैन। एकाएक साँझले दिनकाे उज्यालोलाई प्रतिस्थापन गरिसकेको हुन्छ।

    दिनभरकाे काम, थकाइ र दबाबकाबिच आफ्नाे बासाेस्थानतर्फ प्रस्थान गर्न लागेकाे बेला सधैंझैँ बाटामा राेकिएर अबलोकन गर्ने क्रमले आज पनि निरन्तरता पायो। म एक मुसाफिर जाे आफ्नो र आफ्नाहरुकाे चाहना पूरा गर्न अहाेरात्र खटिने एक याेद्धा हुँ जाे कहिले पनि नथाकि निरन्तर काममा लागिपरेको हुन्छु।

    जीवनकाे उर्जाशिल समय पढाइ, जागिर र अन्यकाे सेवामा गुजारेकाे म जीवनकाे मध्यान्तरमा आफ्नो पाइला चाल्दै गर्दा केही पाएकाे आभाष भन्दा केही पाउन नसकेकाे गुनासाेले पिराेलिएकाे भाव मनमा पलाएकाे छ।

    जीवन संघर्ष हाे र संघर्ष जारीनै छ। लामाे यात्रा तय गर्दा बिच बाटाेमा लडखडाउन हुन्न भन्ने कुरा मनमा तड्काराे रुपमा रहेपनि अवकाे बाटाेकाे टुंगो नहुँदा मनमा पीडा हुँदाे रहेछ। मन संहाल्न गार्‍हो भएतापनि संहालिनुकाे विकल्प छैन।

    जीवनमा धेरै निर्णय लिएँ। कतिपय निर्णय आफ्नो खुसीको लागि लिएँ। कतिपय रहरका खातिर त कतिपय दबाबका बिच लिन बाध्य भएँ। सबै निर्णय चाहेर मात्र पनि लिएका थिएनन्। चाहनाले मात्र जीवन सरल रेखामा चल्दैन भन्ने ज्ञान नभएको हाेइन।

    हिजाेकाे दिनमा गरेकाे गल्तीले आज आरामका साथ निदाउन दिएको छैन, ढुक्कसँग बाेल्न दिएको छैन, संयमका साथ कदम चाल्न दिएको छैन। अब एकमात्र चाहना छ कि विगतकाे गल्तीवाट पाठ सिक्दै अबको दिन सुधार गराैँ र आगामी कदम चाल्दा अलि साेच बिचार, दीर्घकालीन असरकाे अनुमान गर्दै र संयमताका साथ सुरु गर्न सकुं।

    विगत भनेकाे भुत हाे। भुतले तर्साउनु सक्छ तर भुतलाई जित्न सक्नु पर्दछ। भुतले वर्तमानलाई केही असर गर्न हुन्न भन्ने कुरामा म ढुक्क छु। तर बारम्बार मनमा भुतकाे घटनाले घर जमाएर बसेकाे देख्दा अलिअलि डर भने पक्कै रहेको छ। त्यसलाई जित्ने कोशिस हरबखत गर्दै आएकाे छु। अब विगत भुलेर वर्तमानमा रमाउनपर्ने कुरामा दुईमत छैन। वर्तमानमा रमाउन सकेमा मात्र भविष्य उज्ज्वल हुने गर्दछ। त्यसैले अहिले भविष्यकाे बारेमा धेरै चिन्तित हुनु आवश्यक देख्दिन।

    भुतलाई भुलेर, वर्तमानमा रमेर अनि भविष्यकाे चिन्ता नलिई मात्र मानिसले सफलता हात पार्ने कुरामा कुनै शंका छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...